रोनाल्डो वर्षको उत्कृष्ट खेलाडी
सोमबार, १४ पुस २०७६, १९ : ५१
एजेन्सी । पोर्चुगल एवं इटालियन सिरि ए क्लब युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले वर्ष २०१९ को ‘ग्लोब सकर अवार्ड’ जितेका छन् । युएईको दुबईमा आयोजना गरिएको एक विशेष कार्यक्रममा रोनाल्डोलाई बर्ष खेलाडीको अवार्ड प्रदान गरिएको छ । अवार्ड जित्ने क्रममा रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सी र लिभरपुलका भर्जिल भान डाइकलाई पछि पारेका थिए ।
रोनाल्डोले लगातार दोस्रो पटक यस अवार्ड जितेका हुन् । पोर्चुगल एवं एट्लेटिको म्याड्रिडका युवा स्ट्राइकर जोआ फेलिक्सले बेस्ट रेभिलेसन अवार्ड पाए । महिलातर्फ लुसी ब्रोन्ज उत्कृष्ट भईन् । उत्कृष्ट प्रशिक्षकको अवार्ड लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले थापे । उत्कृष्ट गोलरक्षक एलिसन बेकर भए । उत्कृष्ट सकर क्लबको अवार्ड लिभरपुलले पायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सम्बन्धी अमेरिकी प्रतिवेदन: तिब्बती शरणार्थीको अधिकारदेखि न्यायालयमा घुससम्म प्रश्न
-
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य
-
आईपीएलमा आज : बलियो कोलकातालाई उसैको घरमा पञ्जाबको चुनौती
-
जेठमा ‘नेपाल फेसन फेस्टिभल’ आयोजना हुने
-
सरकार टिकाउने तीन नेताको के छ रणनीति ?
-
ठुलो पर्दामा फर्किन लागेका हुन् गोविन्दा ?