बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पौडेल–सिटौला  पक्षका नेताहरु ‘गोप्य’ वार्तामा

सोमबार, १४ पुस २०७६, १९ : ४६
सोमबार, १४ पुस २०७६

काठमाडौं । नेपाली काँग्रेसको संस्थापन इतर पक्ष ‘गोप्य’ छलफलमा जुटेको छ । स्रोतका अनुसार सोमबार साँझा काँग्रेस नेता तथा सांसद दिव्यमणि राजभण्डारीको काठमाडौंस्थित निवासमा संस्थापन इतरका नेताहरुबीच छलफल जारी छ । 

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, नेताहरु अजुन नरसिंह केसी, डा. रामशरण महत, डा.शेखर कोइराला, मिनेन्द्र रिजाल र बलबाहादुर केसीलगायतका नेताहरुबीच ‘गोप्य’ वार्ता भइरहेको छ । 

छलफलका लागि सोमबार विहान महोत्तरी पुगेका सिंह र मोरङमा रहेका शेखर कोइराला पनि काठमाडौंँ आएका हुन् । सो छलफलबारे इतरका प्रमुख नेताहरु बाहेकालाई जानकारी गराइएको छैन ।

यसअघिको इतर पक्षको छलफलमा सिटौला सहभागी थिएनन् । यद्यपी उनी पक्षीय नेताहरु गगन थापा र प्रदीप पौडेलको भने सहभागिता रहँदैन आएको थियो ।

आइतबार सभापति शेबहादुर देउवाले आफू पक्षीय नेताहरुसँगको छलफलपछि सोमबार विहान उपसभापति विमलेन्द्र निधि भेटवार्ताका लागि  पौडेललाई निवास बोहोराटार पठाएका थिए । साथै सोमबार विहान सभापति देउवा र महामन्त्री कोइरालाबीच देउवा निवासमा छलफल भएको थियो । बंगलादेशको संसदीय टोलीसँग भेटवार्ताको बाहान बनाउँदै देउवाले कोइरालाई बूढानीकण्ड बोलाएका थिए ।

सोही क्रममा देउवा र कोइरालाबीच केहीबर छलफल भएको थियो । छलफलमा देउवाले शुक्रबारको केन्द्रीय समितिबाट भएका निर्णय सच्याउन नसकिने संकेत गरेको बुझिएको छ । तर  देउवाले अन्य विषयमा सहमतिबाट समाधान खोज्नुपर्नेमा जोड दिएका थिए ।

यता  राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवार तय गर्न केही दिनमै केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारीमा देउवाले इतर पक्षलाई जानकारी गराएको छ । 

देउवा र निधिले कोइराला र पौडेलसँगको भेटवार्तामा सो कुरा राखेका थिए । पार्टीको आन्तरिक विषयमा सहमति नहुँदा केन्द्रीय समिति बैठक बहिस्कारमा उत्रिएको इरत पक्षले राष्ट्रियसभा निर्वाचन र सभामूख चनयको विषयमा के गर्ने भन्ने रणनीति बनाउन छलफलमा जुटेको बुझिएको छ । देउवाले निर्णय नसच्याए आगामी केन्दीय समितिमा जाने वा कार्ताकर्ता माझ जाने भन्नेबारे छलफलबाट  ठोस निर्णय लिइने स्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप