अमेरिकी सेनाको आक्रमणमा परी इराकमा १९ लडाकू मारिए

एजेन्सी । इराकको पश्चिमी क्षेत्रमा पर्ने अन्बार राज्यमा अमेरिकी सेनाले गरेको आक्रमणमा परी १९ भन्दा बढी मारिएका छन् । घटनामा परी अरु ३५ जना घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् । मारिएका र घाइते भएकाहरु हशद शाबी लडाकू समूहका सदस्य रहेको जनाइएको छ । सिरियासँगको सीमा क्षेत्रमा यो घटना आइतबार भएको सरकारी सञ्चार माध्यमहरुले जनाएका छन् ।
लडाकू समूहले नियन्त्रणमा लिएका क्षेत्र र हातहतियारहरु लुकाईराखेको स्थानलाई लक्षित गरेर अमेरिकी सेनाले आक्रमण गरेको अधिकारीहरुले बताएका छन् । आफ्नो देशका एक ठेकेदार मारिएपछि अमेरिकी सेनाले इराक र सिरियास्थित इरानसमर्थित लडाकू शिविरमा आक्रमण गरेको जनाइएको छ ।
गत हप्ता किर्कुकमा भएको रकेट आक्रमणमा परेर एक अमेरिकी ठेकेदारको मृत्यु भएको थियो भने कैयौँ अमेरिकी सेना तथा इराकी अधिकारीहरू घाइते भएका थिए । –सिन्ह्वा/Photo: AP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनका लागि दाताकै भर
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
सर्लाहीमा बढेन चैते धानको खेती
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
आज कति छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र हङकङ डलरको मूल्य ?
-
आज देशभर अक्षय तृतीया पर्व मनाइँदै