मिडियाले सही सूचना प्रवाहमा जोड दिनुपर्छ : सञ्चारमन्त्री बाँस्कोटा
कैलाली । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताको आवाजलाई निष्पक्ष तरिकाले सही रुपमा सूचना प्रवाह गर्नमा मिडियाले जोड दिनुपर्ने बताएका छन् । कैलालीको लम्की चुहा नगरपालिकामा ‘लम्की एफएम’को आज उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले मिडियालाई स्वतन्त्र र निष्पक्ष रुपमा काम गर्न आग्रह गरे ।
सरकारले मिडियालाई सुरक्षा प्रदान गर्ने भएकाले यसले आफ्नो दायित्वसमेत पूरा गर्नुपर्ने मा उनले जोड दिए । ‘‘भ्रष्टाचार अन्त्यको कुरा आइरहेको छ, भ्रष्टाचार जसले गरेको भए पनि कारवाही हुनैपर्छ’’, सरकारका प्रवक्ता बाँस्कोटाले भने, ‘‘भ्रष्टाचार गरेको पाइएमा जोसुकैलाई पनि सबैले लखेट्नुपर्छ ।’’
सरकारका प्रवक्ता बाँस्कोटाले सुदूरपश्चिमलाई छाउपडी प्रथाको प्रदेश भनेर चिनिन नदिन सञ्चारकर्मीले सहयोग गर्नुपर्ने बताउँदै स्थानीय तहले छाउप्रथा मान्ने र मान्न लगाउने जो कोहीको घरको सामाजिक सुरक्षा भत्ता कटौती गरेमा न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
‘‘परिणाम देखिनेगरी स्थानीय सरकारले काम गर्नुपर्छ ’’, उनले भने, ‘‘स्थानीय सरकारको प्रयासविना छाउप्रथा निराकरण गर्न सकिँदैन ।’’ ‘लम्की एफएम’का प्रबन्धक तीर्थ जैसीको सभापतित्वमा भएको कार्यक्र्रममा उनले सुदूरपश्चिमका सांस्कृतिक तथा पुरातात्विक बस्तुको प्रदर्शन गर्न सके पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पहिला पानीजहाजलाई लिएर धेरै उडाइयो, अहिले आवश्यकता महसुस भएको छ’
-
स्थानीय तह समन्वय विभागमा १० जना मनोनीत (सूचीसहित)
-
३१ विधामा अवार्ड प्रदान गर्दै १३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न
-
पशुपतिनाथ क्षेत्रमा एसपीको नेतृत्वमा ४ हजार प्रहरी परिचालन गरिँदै
-
सडक कालोपत्र गर्न ठेक्का सम्झौता भएको समय सकियो, काम सुरु भएन
-
एसपीए कैलाली प्रिमियर लिग क्रिकेट : सेमिफाइनल समीकरण पूरा