शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुन बेला नुहाउने, बिहान वा बेलुका ? जानिराखौं

सोमबार, १४ पुस २०७६, १७ : ४९
सोमबार, १४ पुस २०७६

कति बेला नुहाउँदा राम्रो होला, बिहान वा बेलुका ? पहिलो पटक सुन्दा यो निकै साधारण प्रश्न लाग्ला तर जब तपाईं यो प्रश्न आफ्ना परिचितलाई सोध्नुहुन्छ, यसको भिन्न उत्तर पाउनुहोला । कतिले राती नुहाउनु राम्रो भन्लान् कतिले भने बिहान ।

नुहाउने समय स्थितीमा निर्भर हुन्छ जस्तै तपाईंको छालाको प्रकार, तपाईंको कामको प्रकार र तपाईं कति प्रदूषण वा धुलोसँगको सम्पर्कमा आउनुहुन्छ । तपाईंले नुहाउने सही तरिकालाई यसरी छान्नुहोस् ।

तपाईंले बिहान नुहाउनुपर्छ यदि तपाईंको छाला चिल्लो छ भनेः

विशेषज्ञका अनुसार चिल्लो छाला भएका मानिसहरुले बिहान नुहाउँदा फाइदा हुन्छ । यसो गर्दा छाला राम्रो हुन्छ ।

जो बिहान दाह्री काट्छन्ः

पुरुषका लागि दाह्री काट्ने सबैभन्दा राम्रो समय नुहाउने बेला वा नुहाइसकेपछि हुन्छ । नुहाउँदा दाह्री नरम हुन्छ जसका कारण काट्न सजिलो हुन्छ । त्यसकारण जो पुरुष बिहान दाह्री काट्छनु भने उनीहरुले बिहान नै नुहाउँदा राम्रो हुन्छ ।

जो चाँडै उठ्छन्ः

जो व्यक्ति बिहान चाँडै उठ्छन् उनीहरुले बिहान नै नुहाउँदा राम्रो हुन्छ । तर स्नूज बटनको अत्यधिक प्रयोग गर्नेहरुका लागि यो आइडिया राम्रो होइन ।

यदि तपाईंलाई राती धेरै पसिना आउँछ भनेः

जसलाई राती धेरै पसिना आउँछ भने तपाईंले बिहान नुहाउँदा राम्रो हुन्छ तर जसले राती सुत्नुअघि नुहाउँछन् र धेरै पसिना आउँदैन भने उनीहरुले बिहान नुहाउन आवश्यक छैन ।

थुप्रै मानिसलाई राती सुत्नुअघि नुहाउनु आरामदायी र सजिलो लाग्छ । यद्यपी, केही अनुसन्धानका अनुसार राती नुहाउनुको अर्थ तपाईंको शरिरको तापक्रममा परिवर्तन हुनसक्छ जसले प्राकृतिक लयमा बाधा पुर्याउन सक्छ, निन्द्रा कम लाग्न सक्छ । यदि यस्तो छ भने सुत्नु दुई घण्टाअघि नुहाउनुहोस् ।

यदि तपाईं मेकअप गर्नुहुन्छः

यदि तपाईं सन स्क्रिन वा मेकअप आदिको प्रयोग गर्नुहुन्छ, त्यसलाई क्लिन्जरको प्रयोग गरेर सफा गर्न आवश्यक छ । तर यदि राती नुहाएर सुत्नुहुन्छ भने तपाईंको छाला राम्रोसँग सफा हुन्छ ।

धुँवा धुलोमा काम गर्नेहरुलेः

यदि अस्पताल वा भवन निर्माण साइट आदिमा काम गर्नुहुन्छ भने तपाईं लगातार धुलो, प्रदुषण वा किटाणु आदिको सम्पर्कमा रहनुहुन्छ त्यसकारण सुत्नुअघि नुहाउनुपर्छ ।

त्यसकारण नुहाउने निर्णय आफ्नो शरिर वा दिनचर्याको हिसाबले गर्नुहोस् । तर धेरै पटक नुहाउनबाट बच्नुहोस् । धेरै नुहाउँदा तपाईंको शरिरको गुड ब्याक्टेरिया जस्तै तपाईंको रक्षा गर्दछ, लाई नष्ट हुनसक्छन् र तपाईंको छाला संक्रमण हुने आशंका बढ्ने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप