शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रमण वर्ष २०२० को उद्घाटन तयारी पूरा, उद्घाटनको दिन दीपावली मनाउन आह्वान

सोमबार, १४ पुस २०७६, १७ : ३०
सोमबार, १४ पुस २०७६

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन तयारी पूरा भएको जनाएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले भ्रमण वर्ष २०२० को उद्घाटन तयारी पुरा भएको जनाएको हो ।

मन्त्री योगेश भट्टराईले सिंगो मुलुकलाई उल्लासमय बनाउन उद्घाटको दिन दीपावली मनाउन आह्वान गरेका छन् । 

मुलुकलाई ‘जुरुक्क उठाउने’ र विश्व समुदायलाई नेपाल स्थायी शान्ति, स्थिरता, सुशासन र समृद्धिको बाटोमा अघि बढेको छ भन्ने सकारात्मक सन्देश दिन भ्रमण वर्षको आयोजना गरिएको उनले बताए । 

नेपाल पर्यटनका लागि संसारमै एक अद्धितिय पर्यटकीय गन्तव्य हो भनेर चिनाउन, विश्भरीका लगानीकर्तालाई नेपाल लगानीको लागि उपयुक्त मुलुक हो भनेर जानकारी गराउने उद्देश्यले यसको आयोजना गरिएको उनले बताए । 

सरकारले भ्रमणवर्षको उद्घाटन विशेष कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपतिले जनवरी १ तारिखमा भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

उद्घाटन शत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन पनि गर्नेछन् । उद्घाटनको दिन सबैलाई दिपावली मनाउन सरकारले आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप