बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

अब निर्माण व्यवसायीलाई छुट छैन र हुँदैन : मन्त्री नेम्वाङ

सोमबार, १४ पुस २०७६, १६ : ५९
सोमबार, १४ पुस २०७६

भक्तपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले अब निर्माण व्यवसायीलाई छुट नभएको बताएका छन् । 

आइतबार भक्तपुर–नगरकोट सडक खण्डको अवलोकनपछि मन्त्री नेम्वाङले भने, ‘निर्माण व्यवसायीहरु जिम्मेवार हुनु पर्दछ, अब छुट छैन र हुँदैन ।’ 

सरकारले निर्माण व्यवसायीलाई सँगसँगै लिएर जाने अभियानका साथ सार्वजनिक खरिद नियमावलीसंशोधन गरेको समेत मन्त्री नेम्वाङको भनाइ छ । 

स्थानीय बासिन्दा र सरकारले पूर्ण रुपमा साथ दिएकाले जिम्मेवार भएर भक्तपुर –नगरकोटल सडक खण्डको काम सम्पन्न गर्न उनले निर्देशन समेत दिएका छन् । 

‘कतिपय स्थान विभिन्न अवरोधका कारण योजनाहरु सम्पन्न गर्न समस्या भएपनि यहाँ छैन, नीतिगत समस्या केही भए बसेर समाधान गर्नु पर्दछ, यो बन्छ कुनैपनि हालतमा बन्छ,’ उनले भने । 

काडाँघारी–सानोथिमि–पुरानोथिमि सडक खण्डमा केही समस्या भए विकल्प खोज्नु पर्ने तर विकाशसलाई रोक्न भने नहुने भन्दै नेम्वाङले सबैलाई त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् । 

उनले ४० साल वर्षपछि पनि मध्यपुरथिमिको सडक अवस्था उस्तै रहेकोमा यसमा  को दोषी भन्दै प्रतिप्रश्न समेत गरे । सरकारले चार लेनको सडक बनाउन भन्दै बजेट विनियोजन गरेपनि समयमा नै काम हुन नसक्नु दुःखद भएको मन्त्री नेम्वाङ्गको भनाइ छ । 

भ्रमण वर्ष २०२० सुरु हुन लागेकाले संसारभरका मनिस नगरकोट जाने भएकाले उक्त सडक समयमानै सम्पन्न गर्न उनले जोड दिए । 

कार्यक्रममा संघीय सांसद महेश बस्नेत, चाँगुनारायण नगरपालिकाका प्रमखु सोमप्रसाद मिश्र, मध्यपुरथिमिका नगरप्रमुख मदन सुन्दर श्रेष्ठलगायतले भक्तपुरको विकासका लागि सबै एक हुनु पर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप