एमसीसीको विषयमा सरकार स्पस्ट छ, संसदबाट पास हुन्छः मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताएका छन् । मन्त्रालयले सिंहदरबारमा आयोजना गरेको सन २०१८÷१९ को वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले एमसीसीको विषयमा सरकार स्पस्ट भएकोले संसदबाट पास हुने बताएका हुन् ।
मन्त्री ज्ञवालीले सरकारले पार्टीको स्थायी कमिटीको बैठकमा कुरा उठेपनि पार्टीको निर्णय एमसीसीको पक्षमा हुने बताउँदै संसदबाट पास हुने जानकारी दिए । एमसीसी सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा चर्को बहस भएको थियो । उनले एमसीसी इण्डो प्यासिफिक रणनीति अन्तर्गत नरहेको संकेत गर्दै सन २०१७ को सेप्टेम्बरमा भएको सम्झौता अनुसार नै कार्यक्रमलाई अगाडि बढाइने बताए ।
उनले एमसीसी सम्बन्धमा कसले के भन्यो भन्दा पनि सम्झौतामा के के विषय छन भन्ने महत्वपूर्ण हुने बताए । उनले परियोजना छनौट गर्दा नै क्रसबोर्डर ट्रान्समिसन लाइन निर्माण गर्न सहयोग मागिएकाले भारतको स्वीकृति लिनुपरेको स्पस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
-
प्रचण्ड भोलि मात्रै काठमाडौँ फर्किने
-
पुँजीगत खर्चमा सुस्तता कायमै, असारमा मात्रै ८ अर्ब खर्चको अनुमान
-
असार ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
-
प्राधिकरणका प्रमुखले गरे सिनामंगलस्थित विपद् उद्धार कार्यालयको निरीक्षण
-
एमाले नेतृत्वको सामर्थ्यमा प्रश्न छैन तर कार्यकर्तामा उत्साहको कमी देखिन्छ : उपाध्यक्ष पौडेल