सरकारले भन्यो– एमसीसीबारे परराष्ट्रको भनाइ नै आधिकारिक
काठमाडौँ । सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे परराष्ट्र मन्त्रालयको भनाइ नै आधिकारिक भएको स्पष्ट पारेको छ ।
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले एमसीसी इन्डोप्यासेफिकको अंग नभएको दावी गर्दै यो नेपालमा ल्याउँदा देशलाई कुनै हानी नुहने स्पष्ट पारे ।
उनले पार्टीहरुभित्र एमसीसीको विषयमा छलफल हुनु स्वाभाविक भएपनि यसको यथार्थतामा गएर बहस गरिनुपर्नेमा जोड दिए ।
‘बाहिर आएका एमसीसीलगायतका परियोजनामा आएका प्रतिक्रियालाई सामान्य रुपमा लिएको छु । तर सत्यतामा जाऔँ, यथार्थतामा जाऔँ’ मन्त्री ज्ञवालीले भने, ‘एमसीसीको परियोजना सम्पन्न हुँदा नेपाललाई फाइदा नै हुन्छ ।’
उनले एमसीसी संसदमा जाने र पास पनि हुने पत्रकार सम्मेलनमा बताए ।
केही नेताहरुले मिलेनियम च्यालेञ्ज करपोरेशन इण्डो प्यासिफिक रणनीति अन्तर्गत या त्यससँग संबन्धित संस्था भएकोले त्यो सहयोगले नेपालको तटस्थ एवं असंलग्न परराष्ट्र नीतिमा असर पार्ने तर्क गर्दै आएका बेला परराष्ट्रमन्त्रीले यस्तो बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण