अरुण चौधरीलाई मलेसियाली विश्वविद्यालयको मानार्थ विद्यावारिधि
काठमाडौँ । सीजी होल्डिंग्स्का अध्यक्ष तथा कार्यकारी निर्देशक अरुण चौधरीलाई मलेसियाली विश्वविद्यालय लिम्ककविंग युनिभर्सिटी अफ क्रिएटिभ टेक्नोजोलीले उद्यशमशिलता विषयको मानार्थ विद्यावारिधि उपाधीले सम्मान गरेको छ । उनको रणनीतिक क्षमता, जनशक्ति व्यवस्थापनको सिप र परोपकारी कार्यका लागि यो उपाधी प्रधान गरिएको हो । उनी यसरी सम्मानित हुने केही सिमित नेपालीमध्ये पर्छन् ।
लिम्ककविंग विश्वविद्यालयको दिक्षान्त समारोहबीच मलेसियाका राजकुमार तथा लिम्ककविंग युनिभर्सिटीका संस्थापक तथा अध्यक्षले चौधरीलाई यो सम्मान दिएका हुन् ।
लिमककविंग विश्वविद्यालय सिर्जनशिलता र आविष्कारको केन्द्रमा गनिन्छ र, अफ्रिका, युरोप, संयुक्त अधिराज्य र एसियामा यस विश्वविद्यालयको बलियो उपस्थिति रहेको छ ।
मलेसियामा मुख्य क्याम्पस रहेको लिम्ककविंग विश्वविद्यालयमा एक सय ५० भन्दा बढी मुलुकका ३० हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत् छन् । यो एसियाको अब्बल आर्ट्स र डिजाइनको अध्यापन गरिने विश्वविद्यालयमध्ये पर्छ र एसियाली विश्वविद्यालयको क्युएस ¥यांकिङमा यसलाई उत्कृष्ट मानिन्छ ।
समारोहमा सीजी होल्डिंग्स्का अध्यक्ष तथा कार्यकारी निर्देशक चौधरीले नेपाली विद्यार्थीलाई विश्वस्तरीय शिक्षा दिने लक्ष्यका साथ आफूले शैक्षिक क्षेत्रमा हात हालेको बताए ।
‘अन्तर्राष्ट्रिय स्तरको शिक्षा स्थानीय रुपमा दिन सकेको खण्डमा युवाहरु जागिरे मानसिकताबाट रोजगारदातामा परिणत हुनेमा हामी विश्वस्त छाैँ,’ उनले भने । उनले भावी पुस्तामा बुद्धि र ज्ञान प्रतिस्थापन गर्न सके मुलुक शक्तिशाली र सफल हुने पनि बताए ।
‘हाम्रो उद्देश्य नाफामा सीमित छैन, समाज र राष्ट्रको हित पनि हो ।’ उनले भने, ‘सफलता गन्तव्य होइन, यो त यात्रा हो ।’ हाल अरुण चौधरीले शिक्षा, पर्यटन, रियल इस्टेट, उत्पादन, आर्थिक सेवा, रिटेलिङ र अटोमोबाइल लगायतको क्षेत्रमा व्यवसाय गर्ने सीजी होल्डिंग्स्को नेतृत्व गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबिच आज द्विपक्षीय भेटवार्ता
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
मौद्रिक नीतिको समीक्षा हुँदै, के-के होला परिवर्तन ?
-
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेशाज्ञा, श्रम स्वीकृतिलगायत प्रक्रियागत व्यवस्थाको प्रयास’
-
कपालमा अन्डा लगाउँदा के हुन्छ ?
-
पोखराको बाँझो जग्गामा कागतीखेती