बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अरुण चौधरीलाई मलेसियाली विश्वविद्यालयको मानार्थ विद्यावारिधि

सोमबार, १४ पुस २०७६, १३ : ०३
सोमबार, १४ पुस २०७६

काठमाडौँ । सीजी होल्डिंग्स्का अध्यक्ष तथा कार्यकारी निर्देशक अरुण चौधरीलाई मलेसियाली विश्वविद्यालय लिम्ककविंग युनिभर्सिटी अफ क्रिएटिभ टेक्नोजोलीले उद्यशमशिलता विषयको मानार्थ विद्यावारिधि उपाधीले सम्मान गरेको छ । उनको रणनीतिक क्षमता, जनशक्ति व्यवस्थापनको सिप र परोपकारी कार्यका लागि यो उपाधी प्रधान गरिएको हो । उनी यसरी सम्मानित हुने केही सिमित नेपालीमध्ये पर्छन्  ।

लिम्ककविंग विश्वविद्यालयको दिक्षान्त समारोहबीच मलेसियाका राजकुमार तथा लिम्ककविंग युनिभर्सिटीका संस्थापक तथा अध्यक्षले चौधरीलाई यो सम्मान दिएका हुन् । 

लिमककविंग विश्वविद्यालय सिर्जनशिलता र आविष्कारको केन्द्रमा गनिन्छ र, अफ्रिका, युरोप, संयुक्त अधिराज्य र एसियामा यस विश्वविद्यालयको बलियो उपस्थिति रहेको छ । 

मलेसियामा मुख्य क्याम्पस रहेको लिम्ककविंग विश्वविद्यालयमा एक सय ५० भन्दा बढी मुलुकका ३० हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत् छन् । यो एसियाको अब्बल आर्ट्स र डिजाइनको अध्यापन गरिने विश्वविद्यालयमध्ये पर्छ र एसियाली विश्वविद्यालयको क्युएस ¥यांकिङमा यसलाई उत्कृष्ट मानिन्छ । 

समारोहमा सीजी होल्डिंग्स्का अध्यक्ष तथा कार्यकारी निर्देशक चौधरीले नेपाली विद्यार्थीलाई विश्वस्तरीय शिक्षा दिने लक्ष्यका साथ आफूले शैक्षिक क्षेत्रमा हात हालेको बताए । 
‘अन्तर्राष्ट्रिय स्तरको शिक्षा स्थानीय रुपमा दिन सकेको खण्डमा युवाहरु जागिरे मानसिकताबाट रोजगारदातामा परिणत हुनेमा हामी विश्वस्त छाैँ,’ उनले भने । उनले भावी पुस्तामा बुद्धि र ज्ञान प्रतिस्थापन गर्न सके मुलुक शक्तिशाली र सफल हुने पनि बताए । 

‘हाम्रो उद्देश्य नाफामा सीमित छैन, समाज र राष्ट्रको हित पनि हो ।’ उनले भने, ‘सफलता गन्तव्य होइन, यो त यात्रा हो ।’ हाल अरुण चौधरीले शिक्षा, पर्यटन, रियल इस्टेट, उत्पादन, आर्थिक सेवा, रिटेलिङ र अटोमोबाइल लगायतको क्षेत्रमा व्यवसाय गर्ने सीजी होल्डिंग्स्को नेतृत्व गरिरहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप