यो संविधानमा टेकेर समाजवाद ल्याउने कुरा नै हास्यास्पद
समाजवाद वर्गीय व्यवस्था हो । सबै वर्ग मिलेर समाजवाद ल्याउने भन्ने कुरा हुँदैन । शोषक र शोषितहरु मिलेर समाजवाद ल्याउने भन्ने कुरा यो दुनियाँमा कहिल्यै हुने कुरा होइन । यो समाजवादको अवधारणा पनि होइन । हिटलर, मुसोलिन, अरेवियनहरुले भनेको अरब समाजवादको जस्ता र इन्दिरा गान्धीले भने जस्तो भँडुवा, भँडुवा खालको कुरा मात्रै गर्ने हो भने हुन्छ । नत्र भने समाजवाद वर्गीय व्यवस्था हो ।
सबै डराएका पार्टीहरु मिलेर अहिलेको संविधान बनेको हो । माओवादीले अब जित्न नसकिने भयो भनी सेफल्यान्डिङ कसरी गर्ने भनेर, काँग्रेसले पनि अब कति मार्ने हो, हामीलाई पनि मारिदिन्छ कि भन्ने जस्तो डरले तथा एमालेले त बामपन्थी भनेर माओवादी आइ हाल्यो हामी के गर्ने होला अब भनी आतंकित भएर संविधान बनाउन आएको हो । सबै हारेका मानिसले बनाएको संविधानले समाजवादतिर जाने भन्ने कुरा हुँदै हुँदैन । वर्गीय लडाईँ लडेर खास वर्गको पक्षमा व्यवस्था बनाउने भनेको जितेर हो । हारेका मान्छेले कसरी बनाउने ? त्यो बन्दैन थियो ।
*****
सबै हारेका मानिसले बनाएको संविधानले समाजवादतिर जाने भन्ने कुरा हुँदै हुँदैन । वर्गीय लडाईँ लडेर खास वर्गको पक्षमा व्यवस्था बनाउने भनेको जितेर हो । हारेका मान्छेले कसरी बनाउने ? त्यो बन्दैन थियो ।
*****
नेपालमा अहिलेको स्तरको समाजवाद लागु गरौं भन्ने एकथरि अच्चमका मानिसहरु पनि छन् । ‘अहिले जति हुन्छ त्यति समाजवाद लागु गरौँ, त्यसका निम्ति मन्त्री पनि बनिहालौँ’ भन्ने खालका समाजवादीहरु पनि छन् नेपालमा । त्यो अर्कै खाले समाजवादी कुरा भयो । त्यो व्यवहारिक राजनीति गर्नेहरुको कुरा हो । अहिले एकजना समाजवादी मन्त्री हुनु भएको छ । उहाँले मसँग गोप्य कोठामा भन्नुहुन्थ्यो– ‘म त व्यवहारिक राजनीति गर्ने हो ।’ त्यो भनेको अहिले जे हुन्छ, त्यही गर्ने हो भन्ने रहेछ । उहाँले ‘अहिले केपी ओली प्रधानमन्त्री हुनुहुन्छ, म मन्त्री हुन्छु’ भन्नुभयो ।
त्यसैले यो संविधान जसरी बन्यो, त्यो एक थान पुँजीवादी संविधान बनाएको कुरा हो । हरिजी हामी पनि पहिलो संविधानसभामा थियौं र मलाई लागेको कुरा माओवादी पनि उभारमा आएको बेला, उत्पीडित समुदायको चेतना पनि अलिकति अगाडि बढेको र दमन गरेर सिध्याउँछु भन्नेहरु पनि थाकेका बेलामा संविधान बनायो भने समाजवादी आउने होइन, पुँजीवादी नै आउने हो तर अन्यत्रको भन्दा अलि समावेशी बनाउन सकिन्छ कि भन्ने लागेको कुरा हो, त्यति पनि भएन । त्यस कारण यो संविधानमा टेकेर समाजवाद ल्याउने भन्ने कुरा हास्यास्पद कुरा हुन्छ ।
समाजवाद उन्मुख हुने भन्ने कुरा त सधैंभरि भइदिए भयो । अब यो बाटो कहाँ जान्छ भन्दा अमेरिका जान्छ भनेर भन्न मिलिहाल्छ । त्यस्तै हो यो संविधान समाजवाद उन्मुख छ भन्नु पनि अर्थात् उन्मुख भइरहने । त्यो के अर्थको कुरा भयो ?
*****
यो बाटो कहाँ जान्छ भन्दा अमेरिका जान्छ भनेर भन्न मिलिहाल्छ । त्यस्तै हो यो संविधान समाजवाद उन्मुख छ भन्नु पनि अर्थात् उन्मुख भइरहने । त्यो के अर्थको कुरा भयो ?
*****
त्यो हावादारी कुरा हो । नेपालमा दलाल पुँजीवाद लगातार लागू गर्नका निम्ति त्यो चाहिन्छ भन्ने कुरा हो । त्यसैले मलाई यो संविधानबारे धेरै कुरा नगरौँ जस्तो लाग्छ । यो बाटो हिँडेर त्यहाँ पुग्ने वा हिँड्ने कुरा पनि होइन ।
अब समाजवादको छलफल गर्दा कुन समाजवाद भनेर नै छलफल गरौँ भन्ने हो । कम्युनिस्टहरुले भन्ने गरेको वैज्ञानिक समाजवाद कुरा गर्ने भनेको कि समाजवादको कुरा गर्ने भनेको ? अब यहाँ कुरा मिल्दैन । अब किटान गरेर समाजवादको कुरा गरौँ । कि त अमूर्त समाजवादबारे छलफल गर्ने भनेर डाक्नोस् । हैन भने समाजवाद भनेको कस्तो हुन्छ भनेर मात्रै भएन, कित्ताकाट गरेर कुरा गर्नुपर्यो ।
*****
अब किटान गरेर समाजवादको कुरा गरौँ । कि त अमूर्त समाजवादबारे छलफल गर्ने भनेर डाक्नोस् । हैन भने समाजवाद भनेको कस्तो हुन्छ भनेर मात्रै भएन, कित्ताकाट गरेर कुरा गर्नुपर्यो ।
*****
१८७३ मा कम्युनिस्ट पार्टीको घोषणापत्रमा एगेंल्सले लेखेको भूमिकामा हामीले कम्युनिष्ट पार्टीको घोषणापत्र भनेर नाम किन राख्यौं भन्ने सन्दर्भमा भन्नुभएको छ – ‘हामी समाजवाद लेख्न चाहान्थ्यौँ तर समाजवादको बारेमा यति भ्रम र बदनाम भयो कि त्यो लेख्यो भने झनै बदनाम हुने भयो भनेर कम्युनिस्ट पार्टीको घोषणापत्र नाम राख्यौं ।’
समाजवाद शब्द त्यो बेलादेखि नै बदनाम छ । पछि रुसीहरुले बोल्सेभिक कम्युनिस्ट पार्टी भनेर किन नाम राखेका रहेछन् भन्नेबारे १९१७ मा लेनिनले एउटा लेख नै लेख्नुभएको छ । त्यसमा ‘ समाजवादी जनवाद भन्ने यति भ्रम भयो कि अब कम्युनिष्ट पार्टीको घोषणापत्रमा माक्र्स–एगेंल्सले जे शब्द प्रयोग गर्नुभएको छ, पार्टीको नाम त्यही राख्नु पर्यो’ भनेर लेख्नुभएको छ ।
समाजवाद विवादित र भ्रमपूर्ण विषय हो । त्यसैले अब प्रस्ट छलफल गर्नुपर्यो । मेरो विचारमा वैज्ञानिक समाजवादबारे छलफल हो कि होइन ? भ्रम दिइराख्न पाइने समाजवादको बारेमा छलफल गरिराख्ने हो भने हामी सधै त्यसैमा बगेर जानुपर्ने भयो ।
यति भनिसकेपछि म दुई –तीन वटा कुरा भन्न चाहन्छु । एउटा कुरा, समाजवाद वा वैज्ञानिक समाजवाद वा पुँजीवादको विकल्पको कुरा, ठीक विपरीतको कुरा गर्ने हो भने पूर्ण पुँजीवाद, सामन्तवाद वा दास व्यवस्था सम्पूर्णको उत्पत्तिको मूल कारण के हो भन्नेमा जानुपर्यो । त्यो भनेको निजी सम्पतिको उत्पतिमा जानुपर्यो । त्यसो हो भने समाजवादको प्राथमिक गोरेटो कुन हुनुपर्यो भन्दा निजी सम्पतिको उन्मूलनतिर हामी कसरी जान्छौँ ? त्यो हो प्रस्थानबिन्दू । यहाँ त समाजवाद ल्याउनु भनेको निजी सम्पति उन्मुलनको कुरा छैन, बरु सम्पत्ति बेस्सरी कसरी कमाउने भन्ने छ । सम्पत्ति कसरी बढी कमाउने अनि समाजवाद ल्याउने भन्ने अचम्मको कुरा भयो ।
*****
समाजवादको प्राथमिक गोरेटो कुन हुनुपर्यो भन्दा निजी सम्पतिको उन्मूलनतिर हामी कसरी जान्छौँ ? त्यो हो प्रस्थानबिन्दू । यहाँ त समाजवाद ल्याउनु भनेको निजी सम्पति उन्मुलनको कुरा छैन, बरु सम्पत्ति बेस्सरी कसरी कमाउने भन्ने छ ।
*****
बढी सम्पति कमाएर समाजवाद ल्याउने कुरा त पुँजीवादीको समाजवाद हुन्छ । धनी बन्ने र सम्पन्न बन्ने कुरा एउटै होइन । धनी बन्नका लागि गरिब चाहिन्छ, सम्पन्न बन्नका लागि अर्को गरिब नचाहिन सक्छ । हाम्रोमा सम्पन्न र धनी बन्ने कुरा एउटा एउटै भएको छ । त्यसैले निजी सम्पतिको उन्मूलनको दिशा त्यसले पक्रिन्छ कि पक्रिँदैन ? त्यहाँ छ समाजवादको मुख्य कुरा ।
अर्को, संगठन वा राज्य व्यवस्थाको क्षेत्रमा समाजवादको कुरा आउँछ । संसारमा पार्टी कसले बनायो भन्दा पुँजीपति वर्गले सामन्त वर्गलाई हराउन पार्टी बनाएको हो । पुँजीपति थोरै भएकोले पुँजीपति–पुँजीपति मिलेर बस्दा सानो पार्टी बन्छ । त्यसैले उसले अनिवार्य रुपमा मजदुर वर्ग, अरु वर्गहरु पनि बस्न सक्ने गरी पार्टीको नारा तय गर्यो । तर सामन्त वर्गलाई जितिसकेपछि त शासन आफू थोरैले मात्र गर्नुपरेको छ । धेरै मान्छे नभएर सामन्तलाई जितिँदैन । तर आफूले मात्रै शासन गर्नु परेको हुनाले थोरै मान्छेले मात्रै निर्णय गर्नुपरेको छ । त्यसपछि उसले पार्टी संरचना पिरामिड शैलीमा बनायो । धेरै मान्छे समावेश हुने तर निर्णय गर्ने ठाउँमा थोरै मान्छे पुग्ने, निश्चित पुँजीपति मात्र पुग्ने पार्टी बनायो ।
*****
धेरै मान्छे नभएर सामन्तलाई जितिँदैन । तर आफूले मात्रै शासन गर्नु परेको हुनाले थोरै मान्छेले मात्रै निर्णय गर्नुपरेको छ । त्यसपछि उसले पार्टी संरचना पिरामिड शैलीमा बनायो ।
*****
मार्क्सवादीहरुले भनेको सत्ताको विलोपीकरणमा लाने हो । लेनिनको भाषामा भन्दा सम्पूर्ण सत्ता सोभियतहरुलाई दिने, जनताको संस्थाहरुलाई दिने हो । पुँजीपति वर्गको संगठनको ठीक विपरीत समाजवादीहरुको संगठन हुनुपर्ने हुन्छ । पुँजीपतिलाई थोरैले शासन गर्नु परेको छ, त्यसैले उनीहरुले थोरै मान्छेले निर्णय गर्ने पार्टी बनाउँछ । यता समाजवादीहरुले सिंगै समाजले शासन गर्नुपर्ने भएका हुनाले उसले बहुसंख्य मानिसले निर्णय गर्ने र प्रतिनिधिहरुले लागू गर्ने पार्टी बनाउनुपर्छ ।
तर आजसम्मको व्यवस्थामा प्रतिनिधिहरु अर्थात् थोरै मानिसहरुले निर्णय गर्ने र बुहसंख्यक मान्छेमाथि लागू गर्ने छ । पार्टी बनाउने यो प्रणालीलाई उल्ट्याउनुपर्ने हुन्छ । पुँजीपति वर्गले यस्तो पिरामिड जस्तो पार्टी बनाउनुको कारण उसलाई थोरै मानिसले निर्णय गर्ने अधिकार लिएर बस्नुपरेको छ, बहुसंख्यक मानिसलाई उसले लुट्नु परेको छ । त्यही भएकोले उसले प्रतिनिधिहरुले निर्णय गर्ने पार्टी बनायो । अब यसलाई उल्टाउनुपर्ने हुन्छ । किनभने बहुसंख्यकले शासन गर्नुपर्यो अब । बहुसंख्यकले शासन गर्ने हो भने बहुसंख्यकले निर्णय गर्ने र प्रतिनिधिहरुले लागू गर्ने व्यवस्था हुनुपर्छ । तर अहिलेसम्म उल्टो भएको छ ।
*****
पुँजीपति वर्गले थोरै मानिसले निर्णय गर्ने अधिकार लिएर बस्नुपरेको छ, बहुसंख्यक मानिसलाई उसले लुट्नु परेको छ । त्यही भएकोले उसले प्रतिनिधिहरुले निर्णय गर्ने पार्टी बनायो । अब यसलाई उल्टाउनुपर्ने हुन्छ । किनभने बहुसंख्यकले शासन गर्नुपर्यो अब । बहुसंख्यकले शासन गर्ने हो भने बहुसंख्यकले निर्णय गर्ने र प्रतिनिधिहरुले लागू गर्ने व्यवस्था हुनुपर्छ ।
*****
त्यो प्रयत्न अलिअलि बोल्सेभिकहरुले गर्न खोजेका थिए । सम्पूर्ण सत्ता सोभियतमा भनेर जनताले नै बनाएका संस्थाहरुमार्फत् निर्णय गर्ने भनेर उनीहरुले प्रयत्न गरेका हुन् । तर पछि देश युद्धमा फस्यो, लेनिनको मृत्यु भयो, इत्यादि इत्यादि भयो र फेरि त्यहाँ पनि पुँजीपतिकै जस्तो पार्टी हुन पुग्यो । जति माथि गयो त्यति थोरै मान्छे हुने र थोरैले निर्णय गरेर लादिदिने पिरामिड शैलीकै पार्टी भयो ।
हामीकहाँ एउटा ठूलो भ्रम के छ भने पहिलाको समाजवाद अथवा रुसीहरुले प्रयोग गरेको समाजवादमा निजी सम्पतिको उन्मूलन गर्ने नाममा सम्पति राष्ट्रियकरण वा राज्यकरण गरियो । भने अनि निजी सम्पतिको उल्टो राष्ट्रिय सम्पति वा राज्यको सम्पत्ति हो भन्ने उल्टो कुरा बुझाइयो । त्यो कुरा गलत थियो ।
त्यो किनभने मार्क्सवादको भाषामा भन्दा राज्य कसरी जन्म्यो ? राज्य भनेको निजी सम्पतिको उल्टो होइन, त्यसैको अझ ठूलो विस्तारित, संगठित रुप हो । व्यक्तिको सम्पति खोसेर झन् सबभन्दा ठूलो सम्पतिवाला संस्थालाई दिइयो । निजी सम्पत्तिको विपरीत राज्यको सम्पत्ति होइन, समुदायको सम्पति हो ।
*****
समाजवाद निर्माण गर्ने भनेको निजी सम्पति वा राज्यको सम्पति, राज्यको अधिकार र निजी अधिकारको ठाउँमा सामुदायिक अधिकार, सामुदायिक सम्पति र सामुदायिक निर्णयतिर लाने भनेको हो । अहिले हामीले बनाउने संगठन र राज्य व्यवस्थामा त्यो कुरा प्रकट हुनुपर्ने हुन्छ ।
*****
संगठन र वितरणको मामिलामा समाजवादको मूल मर्म निजी सम्पत्तिको विपरीत राष्ट्रियकरण वा राज्यको सम्पत्ति भन्ने जुन मान्यता ल्याइयो, त्यो कुरा गलत थियो । बरु निजी सम्पत्तिको विपरीत चाहिँ समुदायको सम्पत्ति हो । त्यसको अर्थ के हो भने समाजवाद निर्माण गर्ने भनेको निजी सम्पति वा राज्यको सम्पति, राज्यको अधिकार र निजी अधिकारको ठाउँमा सामुदायिक अधिकार, सामुदायिक सम्पति र सामुदायिक निर्णयतिर लाने भनेको हो । अहिले हामीले बनाउने संगठन र राज्य व्यवस्थामा त्यो कुरा प्रकट हुनुपर्ने हुन्छ । त्यो भनेको निर्णय प्रतिनिधिहरुले गर्ने होइन, सरोकारवाला जनसमुदायले गर्ने हो । हिजोबाट सिकेर नयाँ बनाउने हो भने त्यस्तो संगठन र राज्यव्यवस्था बनाउनुपर्ने हुन्छ । त्यो छलफल गर्नुपर्छ ।
वैज्ञानिक समाजवाद भनेको विश्व व्यवस्था हो । लेनिनले विश्वयुद्धबाट प्राप्त भएको अवसर छोपेर एक देशमा गरेर देखाऔं अनि अरु देशमा पनि फैलाउँदै जाऔं भनेर अवसर छोपेको कुरा हो, त्यो ठीक छ । तर यो त विश्व व्यवस्था हो । यो भनेको अनिवार्य रुपमा कुनै नेता वा कुनै जमातलाई ईच्छा लागेर होइन, उत्पादक शक्ति र उत्पादन सम्बन्धमा आउने अनिवार्य फेरबदलको कारणले विश्वव्यापी रुपमा समाज त्यता जाने भनेको हो । क्रान्तिकारीहरुले त त्यसलाई छिटो लानका निम्ति मेहनत गर्ने भनेको हो । जस्तो भेनिसमा जन्मे पनि जहाँ जन्मिए पनि, कसैले रोक्छु भने पनि नरोक्किइकन पुँजीवाद संसारभरि फैलिँदै आयो । कसैले ल्याउँछु भन्दा र कसैले रोक्छु भन्दा पनि त्यति बेला विकसित भएको उत्पादक शक्तिले अनिवार्य रुपमा त्यतातिर धकेल्यो ।
*****
वैज्ञानिक समाजवाद भनेको विश्व व्यवस्था हो । यो भनेको अनिवार्य रुपमा कुनै नेता वा कुनै जमातलाई इच्छा लागेर होइन, उत्पादक शक्ति र उत्पादन सम्बन्धमा आउने अनिवार्य फेरबदलको कारणले विश्वव्यापी रुपमा समाज त्यता जाने भनेको हो । क्रान्तिकारीहरुले त त्यसलाई छिटो लानका निम्ति मेहनत गर्ने भनेको हो ।
*****
समाजवादको चाहिँ के भयो ?
गएको सय वर्षलाई दुई फ्याक पारेर हेर्यो भने १९१७ बाट सुरु भएको समाजवादी क्रान्ति क्यूबाली क्रान्तिसम्म पुग्दा वा १९५९ सम्म पुग्दा संसारभर क्रान्तिको लहर मात्रै छ, चाहे त्यो उपनिवेशवादविरोधी संघर्ष होस् वा राष्ट्रिय मुक्ति संग्राम होस् । कम्युनिस्टले नेतृत्व गरेका ठाउँमा कम्युनिस्ट क्रान्ति र पुँजीवादीहरुले नेतृत्व गरेका ठाउँमा राष्ट्रिय स्वतन्त्रता संग्राम मात्रै भयो । तर १७–५९ विश्व क्रान्तिको रुपमा छ, पुँजीवाद, साम्राज्यवादको विकल्पको रुपमा । १९५९ पछि आजसम्म हेर्यो भने मूल चरित्र प्रतिक्रान्ति मात्रै छ । भएका, विभिन्न नाममा बनेका समाजवादी सत्ताहरु पनि गिर्दै–गिर्दै गए । क्रान्ति गर्न भनेर अगाडि बढेका आधार क्षेत्रसहित बसेका थाइल्याड, म्यानमार, फिलिपिन्स, बंगलादेश, (पछिल्लो कालमा आउँदा टर्की र पेरु पनि क्रमशः ढल्दै ढल्दै गएर अन्तिम ढलान नेपालमा भयो ।
*****
१९५९ पछि आजसम्म हेर्यो भने मूल चरित्र प्रतिक्रान्ति मात्रै छ । भएका, विभिन्न नाममा बनेका समाजवादी सत्ताहरु पनि गिर्दै–गिर्दै गए । क्रान्ति गर्न भनेर अगाडि बढेका आधार क्षेत्रसहित बसेका थाइल्याड, म्यानमार, फिलिपिन्स, बंगलादेश, (पछिल्लो कालमा आउँदा टर्की र पेरु पनि क्रमशः ढल्दै ढल्दै गएर अन्तिम ढलान नेपालमा भयो ।
*****
यो के भएको हो त ?
सय वर्षलाई दुई फ्याक लगाउँदा आधा सय वर्ष चाहिँ विश्वव्यापी रुपमा क्रान्ति मात्रै छ । १९५९ पछिको आधा सय वर्षलाई हेर्यो भने प्रतिक्रान्तिको लहरमात्रै छ । यस्तो किन भयो ? यो त विश्व व्यवस्थाको कुरा हो, नेपालमा मात्र समाजवाद ल्याउने कुरा होइन । नेपालमा समाजवाद आउने अवस्था छ भने र ल्याउन सकिने राजनीतिक लाइन छ भने त्यो विश्वव्यापी तरंगका रुपमा आउँदै आउँदै जाने हो । जसरी पुँजीवादलाई समन्तवादले रोक्न खोज्दा खोज्दै पनि सकेन, विश्वव्यापी भइ छोड्यो । त्यसै गरी पुँजीवादी व्यवस्थाको विकल्पको व्यवस्था हो भने यो त तरंगको रुपमा विश्वव्यापी रुपमा जानुपर्ने हुन्छ ।
त्यसकारण समाजवादबारे छलफल गर्दा म के उपयुक्त देख्दिनँ भने नेपालमा समाजवाद बनाउने मात्रै छलफल सैद्धान्तिक भएन । यसले विश्व फेनोमेना कसरी लिन्छ, विश्वव्यापी रुपमा समाजवादी चरणमा, समाजवादी क्रान्तिमा कसरी तरंग पैदा हुन्छ भनेर छलफल गर्नुपर्ने हुन्छ । जसरी पुँजीवाद एक देशमा मात्रै बनाउने व्यवस्था होइन ।
पुँजीवादी क्रान्ति भएर पुँजीवाद जन्मिएको होइन । त्यहाँको उत्पादक शक्तिको कारणले पुँजीवाद जन्मिएको हो । मेसिन, व्यापार, मुद्रा इत्यादि उत्पादक शक्तिहरुको विकासको कारणले पुँजीवाद जन्मिएको हो । त्यो पुँजीवादलाई सचेत रुपमा देशव्यापी वा विश्वव्यापी व्यवस्था बनाउनका लागि पुँजीवादी क्रान्ति भएको हो । त्यस कारणले हामीले समाजवादी विश्व बनाउने हो भने समाजवाद जन्मिसकेको छ कि छैन भन्नेमा छलफल भइरहेको छैन, समाजवाद हामीले कताबाट ल्याइदिने भन्ने मात्रै छलफल भइरहेको छ ।
*****
हामीले समाजवादी विश्व बनाउने हो भने समाजवाद जन्मिसकेको छ कि छैन भन्नेमा छलफल भइरहेको छैन, समाजवाद हामीले कताबाट ल्याइदिने भन्ने मात्रै छलफल भइरहेको छ ।
*****
कोही विकास, समृद्धि र पैसा कमाउँदै समाजवाद ल्याइदिन्छौँ भन्छन्, कोही क्रान्ति गरेर समाजवाद ल्याइदिन्छौँ भन्छन् । क्रान्ति गरेर समाजवादी व्यवस्था बनाउँला, ठीक छ । जसरी पुँजीवादी क्रान्ति गरेर पुँजीवादी व्यवस्था बनाइयो । तर पुँजीवाद जन्मेको त पुँजीवादी क्रान्तिले होइन । पुँजीवाद जन्मेको त त्यहाँको उत्पादक शक्तिको कारण जन्मेको हो ।
त्यसो भएको हुनाले अहिले हामी समाजवादी क्रान्ति गर्छौं र समाजवाद बनाउछौँ भने हाम्रो समाजमा अहिले समाजवादको भुण जन्मेको छ कि छैन ? समाजवाद हाम्रो जीवनमा जन्मिन थालेको छ भने समाजवादी क्रान्ति हुन्छ । हामीले समाजवाद बनाउनु पर्ने मात्रै छ भने समाजवादी क्रान्ति हुँदैन ।
सामाजिक व्यवस्था भनेको मान्छेको सचेत प्रयत्नले बन्ने कुरा होइन । सचेत प्रयत्नले त्यो अगाडि बढ्ने र व्यवस्थित हुने भन्ने हो । हामीले चाहेर समाजवाद बन्ने होइन । समाजवाद स्वतः बन्न थाल्नुपर्छ । त्यसपछि हामीले त्यसलाई व्यवस्थित गर्ने हो । त्यसलाई तीब्र पार्नका निम्ति क्रान्ति गर्ने भनेको हो ।
*****
हाम्रो समाजमा समाजवाद बन्न थालेको छ भने त्यसलाई क्रान्ति गरेर देशव्यापी र विश्वव्यापी बनाऔं। हाम्रो जीवनमा समाजवाद आउन थालेको छैन भने हामीले जति मिहिनेत गरे पनि समाजवाद बन्दैन ।
*****
त्यसकारण हाम्रो छलफल र जोड हाम्रो जीवनमा आज भएका औजारहरुका कारणले समाजवाद निर्माण हुन थालेको छ कि छैन ? भन्ने हुनुपर्यो । हाम्रो समाजमा समाजवाद बन्न थालेको छ भने त्यसलाई क्रान्ति गरेर देशव्यापी र विश्वव्यापी बनाऔं। हाम्रो जीवनमा समाजवाद आउन थालेको छैन भने हामीले जति मिहिनेत गरे पनि समाजवाद बन्दैन । हामीलाई लागेको हाम्रो जीवनमा समाजवाद सुरु भइसक्यो । वैज्ञानिक समाजवाद नै सुरु भइसक्यो । त्यो कति प्रतिशत सुरु भयो, कसरी सुरु भयो ? त्यो चाहिँ छलफल गर्नुपर्छ । तर विश्वव्यापी रुपमा समाजवाद शुरु भइसक्यो । अब क्रान्तिद्वारा, सचेत प्रयत्नद्वारा त्यसलाई वर्गीय व्यवस्थाको रुपमा स्थापित गर्न बाँकी छ । तर समाजवाद निर्माण शुरु भइसक्यो ।
संवाद–कीर्तिपुरको आयोजनामा ‘नेपालको संविधानले परिकल्पना गरेको समाजवाद’ विषयक संवादमा विश्वभक्त दुलाल ‘आहुति’द्वारा प्रस्तुत विचारको सम्पादित अंश । शीर्षक चयन रातोपाटीले गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हो अक्युपञ्चर उपचार विधि ?, के छ महत्व ?
-
विदेशी मुद्राको विनिमयदर : कुनको बढ्यो, कुनको घट्यो ?
-
युभेन्टसलाई हराउँदै आर्सनल क्वार्टरफाइनलमा, हर्टिगको गोल निर्णायक
-
डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका गेट्जले लिए नाम फिर्ता
-
६०० ग्राहकको विद्युत् लाइन काटिँदै
-
जर्मनीको वायर्नम्युनिख क्वार्टर फाइनलमा