बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘काल्पनिक कुराले निजगढमा अवरोध’

सोमबार, १४ पुस २०७६, ०६ : ४१
सोमबार, १४ पुस २०७६

काठमाडौँ। वातावरणसँग सम्बन्धित काल्पनिक कुरा गरेर निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलमा अवरोध ल्याउन खोजिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्पष्ट पारेका छन् । उनले कपोलकल्पित कुरा गरेर यो योजनाको विषयमा अफवाह फैलाउने काम भइरहेको बताए ।

विकासको काम गर्दा केही विनाश हुन्छ, उनले भने, अति कम वातावरणीय क्षतिसहित निजगढ बनाउनुपर्छ भन्नेमा सरकार सचेत छ ।

वातावरण संरक्षणमा सरकार निकै गम्भीर रहेको पनि उनले स्पष्ट पारे । जलवायु परिवर्तनबारे विश्वकै ध्यान आकर्षित गर्ने कालापत्थर बैठकदेखि गैँडाको जिरो पोचिङको अवस्थासम्म पु¥याउने काम सरकारकै कारण भएको हो, उनले भने । निजगढमा विमानस्थल निर्माण गर्दा त्यसबाट हुनसक्ने क्षतिपूर्ति गर्न वैकल्पिक व्यवस्था गरेर मात्र अगाडि बढिने पनि उनले बताए ।

गोरखापत्रले खबर छापेकाे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप