अनाथालयमा चिनियाँ नागरिकको सहयोग
काठमाडौं । नख्खुमा रहेको असहाय तथा अनाथ बालबालिका संरक्षण फाउण्डेशन नेपाललाई सहयोग हस्तान्तरण गरिएको छ । १८ वर्षदेखि अनाथ तथा असहाय बालबालिकाहरुलाई संरक्षण गर्दै आइरहेको उक्त फाउण्डेशनलाई चिनियाँ नागरिकले सहयोग हस्तान्तरण गरेका हुन् ।
अनाथालयका संचालक तथा पर्यटन व्यवसायी लिलाधर भण्डारीले पर्यटनको माध्यमबाट अनाथालयका लागि सहयोग संकलन गरेर ४०, ४५ बालबालिकाको हेरचाह र शिक्षा दिक्षा दिइरहेको बताए ।
पहिलो पटक २ वर्ष अघि अनाथालयमा आएका चिनियाँ नागरिकहरुले अहिले प्रत्येक ६—६ महिनामा सहयोग गरिरहेको उनको भनाइ छ ।
अहिलेसम्म सरकारबाट कुनै पनि अनाथालयहरुले कुनै सहयोग नपाएको उनले बताए । आफु ट्राभल व्यवसायी भएकाले पनि नेपालमा आउने पर्यटकहरुलाई अनाथालय भिजिट गराउने गरेको उनले बताए ।
केन्द्रीय बाल कल्याण समिति, जिल्ला बाल कल्याण समिति र जिल्ला प्रशासन कार्यालयबाट सिफरिस भएर आएका बालबालिकाहरुलाई अनाथालयले संरक्षण दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाखौँको अवैध काठसहित पिकअप भ्यान बरामद
-
‘पीजी’ पढ्ने डाक्टर र कलेज सञ्चालकबिच निर्वाह भत्ताको विवाद : मध्यमार्गी बाटो खोज्दै सरकार
-
एप्पलले पायो अनौठो सेक्युरिटी क्यामराको प्याटेन्ट
-
पाथीभरा मन्दिरका पुराना घण्टी लिलाम बिक्री गरिँदै
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा दरखास्त आव्हान
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबिच आज द्विपक्षीय भेटवार्ता