शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शहिद गंगालाल हृदय रोग केन्द्रमा हिमालयन बैंकको विस्तारित काउन्टर

आइतबार, १३ पुस २०७६, १८ : ४०
आइतबार, १३ पुस २०७६

काठमाडौं– हिमालयन बैंक लिमिटेडले यही पौष ११ गते शुक्रबार देखि काठमाडौं बाँसबारी स्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा आफ्नो विस्तारित काउन्टर सुविधा सुरु गरेको छ । 

उक्त विस्तारित काउन्टरको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा र गंगालाल हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले एक समारोहका बिच संयुक्त रुपमा गरेका छन् । उक्त समारोहमा महाराजगंज शाखाका प्रमुख अभय बहादुर शाहा, बैंकका तथा अस्पातालका कार्मचारीहरुको उपस्थिति थियो । 

उक्त विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरुमा बिहान १०ः०० बजे देखि अपरान्ह ३ बजे सम्म ग्राहकवर्गहरुले नगद तथा चेकबाट कारोबार गर्न सक्नेछन् । उक्त विस्तारित काउन्टरबाट कुनै पनि व्यक्तिले हिमालयन बैंकमा विभिन्न बैंकिङ्ग कारोबारहरु गर्न सहजिकरण गर्नेछ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप