शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चिसो र शीतलहरका कारण विद्यालय पाँच दिन बन्द

आइतबार, १३ पुस २०७६, १६ : ४९
आइतबार, १३ पुस २०७६

बर्दिवास । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण महोत्तरीको जनजीवन कष्टकर बन्दै गएपछि सोमबारदेखि शुक्रवारसम्मका लागि बर्दिवास नगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिइएको छ । 

नगरपालिकाको शिक्षा शाखाका अधिकृत गणेश दाहालले आइतबार सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको जानकारी दिए । 

उनले यो बर्षको सञ्चित वर्षे बिदाबाट कटौती हुनेगरी नगरभरिका विद्यालयमा बिदा दिइएकोे पनि बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप