सिटिजन्स बैंकको एटीएमबाट पैसा चोर्ने प्रयास, २ जना पक्राउ

काठमाडौँ । राजधानीको चन्द्रागिरी नगरपालिका–७ स्थित थानकोट चेकपोस्ट नजिकै रहेको सिटिजन्स बैंकको एटीएम मेसिनबाट पैसा चोर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मुगुकाे सोरु गाउँपालिका वडा–६ घर चन्द्रागिरी ५ स्थित दाउराडिपो बस्ने २४ वर्षीय चित्र बहादुर शाही २० वर्षीय नन्दराज धराल रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले एटीएम मेसिन राखेको सटरको ताल्चा तोडी मेसिन समेत फुटाइसकेको अवस्थामा प्रहरीले फेला पारेको थियो । एटीएमको मेसिन भित्र राखेको नगद चोरी गर्ने उद्देश्यले उनीहरुले यो सबै कार्य गरेपनि महानगरीय प्रहरी बृत्त थानकोटको टोली सयममै पुग्दा रकम चोरिनबाट जोगिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुले एटीएम मेसिन फुटाउन प्रयोग गरेको ढुंगा, पिलास, फलाको रेन्च, काठको बिड भएको धारिलो हतियार चक्कु समेत बरामद गरेको छ । शनिबार राति पक्राउ परेर आइतबार सार्वजनिक गरिएका उनीहरुमाथि थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे