बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गोदाममै चामल कुहिएपछि अनुगमनमा पुग्यो संसदीय समिति (तस्बिरहरु)

आइतबार, १३ पुस २०७६, १६ : १६
आइतबार, १३ पुस २०७६

काठमाडौँ । प्रतिनिधिसभाको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले आइतबार थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाम अनुगमन गरेको छ । 

सो गोदाममा राखिएका हजारौँ क्वीन्टल चालम कुहिएको समाचार सार्वजनिक भएपछि समितिले अनुगमन गरेको हो । 

गोदाममा रहेको चामलमा चिलेसा  पर्नुका साथै  रङ परिवर्तन भएर खैरो भएको बताइएको छ । 

जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित विभागको टोलीले पुस १ मा अनुगमन गर्दा बोरामा राखिएका सामल खान अयोग्य अवस्थामा फेला परेको थियो । 

अनुगमनका क्रममा चालमका बोराहरु खोलेर हेर्दा चिलेसा लागेको अवस्थामा फेला परेको थियो । 

यस्तै समितिले गोदाममा राखिएका अन्य खाद्य पदार्थको अवस्थाको बारेमा पनि जानकारी लिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप