शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेविसंघद्वारा त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड

आइतबार, १३ पुस २०७६, १३ : १७
आइतबार, १३ पुस २०७६

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकक्षमा तोडफोड गरेको छ । गलत मान्छेलाई त्रिविको रजिस्ट्रार नियुक्त गरेको भन्दै नेविंघस त्रिवि समितिले उपकलपतिको कार्यकक्ष तोडफोड गरेको हो । 

विंघस त्रिवि समितिले लामो समयदेखि विश्वविद्यालयमा राजनैतिक भागबन्डा बन्दको माग गर्दै आएको छ। उपकुलपति बास्कोटा विद्यार्थीको मागमा उदासिन देखिएपछि आफूहरु तोडफोडमा उत्रिनुपरेको नेविसंघ त्रिवि समिति सचिव योगेन्द्र रावलले बताए । 

उनले भने, ‘उपकुलपतिबाट विश्वविधालय परिसरभित्र प्रहरी चौकी राख्ने र त्यही प्रहरी बलको भरमा विद्यार्थीहरुलाई अपमान गर्ने काम भयो । त्यसपछि हामी बाध्य भएर आन्दोलनमा उत्रिएका हौँ ।’ उता उपकुलपति बास्तोलाले भने आफूलाई नियुक्त गरेको पार्टीको दवाबमा रजिस्ट्रार नियुक्त गरेको भन्दै नेकपाभन्दा बाहिर गएर नियुक्त गर्न नसक्ने अवस्था रहेका प्रतिक्रिया दिएको रावले बताए ।

सचिव रावलले उपकुलपति स्ववियु निर्वाचनको सुनिश्चितता र विश्वविद्यालयको गुणस्तरप्रति प्रतिबद्धनभएको आरोप लगाए ।  आफूहरुका माग सम्बोधन नगरे कडा रुपमा प्रस्तुत हुने नेविसंघ त्रिविका अध्यक्ष हरि आचार्यले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप