बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

१५० बढी फिल्ममा काम गरेका यी कलाकारले अन्तिम अवस्थामा उपचारसमेत गर्न सकेनन्

आइतबार, १३ पुस २०७६, १० : ४३
आइतबार, १३ पुस २०७६

१५० भन्दा बढी फिल्ममा काम गरिसकेका ७० वर्षका होचा कदका कलाकार नत्थु दादाको शनिबार बिहानै छत्तिसगढमा निधन भएको छ । राज कपुरसँग ‘मेरा नाम जोकर’ बाट फिल्मी करियरको सुरुवात गर्ने दुई फुटका नत्थू दादा थुप्रै महिनादेखि बिरामी थिए । उनको पूरा नाम नत्थू रामटेके थियो र उनी श्रीमतीको सहारामा जीवन बिताइरहेका थिए । उनले ‘मेरा नाम जोकर’ बाहेक ‘कस्मे वादे’, ‘शक्ति’, ‘राम बलराम’, ‘उडनछु’, ‘खोटे सिक्के’, ‘ट्याक्सी चोर’, ‘अनजाने’ जस्ता फिल्ममा काम गरेका थिए ।

पछिल्लो डिसेम्बरको सुरुवातदेखि नै उनलाई ज्वरो आएको थियो र त्यसपछि उनले सरकारसमक्ष आफ्नो पीडाबारे जानकारी दिएका थिए । उनले सरकारसँग आर्थिक मद्दत र जागिरको माग पनि गरेका थिए । नत्थू दादाले यदि सरकारबाट कुनै सहयोग नभए उनी परिवारसहित सामूहिक आत्महत्याजस्तो कदम उठाउन बाध्य हुने समेत बताएका थिए ।

 घरमा शौचालयसमेत छैन, सन्तानको पढाई पनि छुट्योः

मुम्बईको चमकधमकबाट निकै टाढा उनी आफ्नो बुढ्यौली गाउँमा नै व्यतित गरिरहेका थिए । आठ वर्षसम्म पियनको रुपमा काम गरिरहेकी श्रीमती चन्द्रकलाको जागिर छुटेपछि उनी अत्यधिक दुःखी भएका थिए । पैसाको कमीका कारण बच्चाहरुको पढाईसमेत छुट्यो । श्रीमतीलाई जागिर दिलाउने चक्करमा उनी सरकारी अफिसको चक्कर काटिरहेका थिए । उनको घरमा शौचलयसमेत छैन र सरकारी अफिसमा उनको कुनै सुनुवाई भएन ।

सन् १९८२ मा घाइते भएपछि उनी मुम्बई फर्किएनन्ः

नत्थू दादालाई सन् १९८२ मा रिलिज भएको फिल्म धर्मकांटाको क्रममा मेरुदण्डको हड्डीमा चोट लागेका कारण नराम्रोसँग घाइते भएका थिए । फिल्मको एक दृश्यमा अमजद खानले उनलाई फ्याँक्नु पर्दथ्यो र अर्को कलाकारले समात्नु पर्दथ्यो तर उनी निकै माथिबाट खसे जसका कारण उनी घाइते भए । त्यसपछि उनी आफ्नो गाउँ फिर्ता भए । पुनः मुम्बई फर्किने कोसिस गरे तर घरका सदस्यले दिएनन् र विवाह गराइदिए । नत्थू दादाले आफ्ना संरक्षक दारा सिंहसँग तीनवटा फिल्ममा काम गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप