मार्सियल र रासफोर्डको गोलमा युनाइटेड विजयी

एन्थोनी मार्सियल र मार्कुस रासफोर्डले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा बर्नलीमाथि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा युनाइटेडले बर्नलीलाई उसैको मैदानमा २–० गोलले हरायो । युनाइटेडले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेको थियो ।
खेलभर घरेलु टोलीलाई दबाबमा राखेको युनाइटेडले ४४औं मिनेटमा एन्थोनी मार्सियलको गोलमा अग्रता लिएको थियो । मार्सियलले एन्ड्रियस पेरेराको पासमा गोल गरेका थिए । त्यसपछि दोस्रो हाफमो इन्जुरी समयमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई सहज जित दिलाए । जितसँगै युनाइटेड पाँचौं स्थानमा उक्लिएको छ । युनाइटेडले २० खेलबाट ३१ अंक बनाएको छ । समान खेलबाट २४ अंक बनाएकको बर्नली १३औं स्थानमा छ ।
अन्य खेलमा एभर्टनले न्युक्यासल युनाइटेडलाई २–१ र वाटफोर्टले एस्टन भिल्लालार्ई ३–० गोलले हरायो । टोट्टनहाम र नर्विच सिटीले २–२ तथा क्रिस्टल प्यालेस र साउथह्याम्पटनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
-
डलरको भाउ घट्यो, यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा