कुनै पनि वस्तु, अवस्था वा गतिविधिसँग डर लाग्ने अनौठो समस्या : फोबिया !
* मेरो एक जना साथी छ– कमल । उसलाई अग्लो स्थानमा जान अति डर लाग्छ । कसैले अग्लो स्थानतिर, घरको कौसीतिर जाने कुरा गर्यो कि उसको सातोपुत्लो उड्छ । किनभने, अग्लो पहराको छेउछाउ, अग्लो तल्ला, घरको कौसीतिर जाँदा उसलाई नजानिँदो किसिमको डरलाग्न थाल्छ । त्यसैले त्यस्तो स्थानमा जानबाट ऊ जहिले पनि पन्छिने गर्छ ।
तर दैनिक जीवनमा चाहिँ कमल निडर मान्छे हो । उसलाई उचाई बाहेक हत्तपत्त अरु केही कुराको पनि डर लाग्दैन ।
* रमा पनि निडर छिन् । उसले आत्मरक्षाको कला मार्शल आर्ट सिकेकी छिन् । बाटोमा चार पाँच जना गुण्डा केटाहरुले घेरे पनि उनले सजिलै आफ्नो बचाउ गर्न सक्छिन् । तर तिनै रमाले पुतली देख्यो कि सातोपुत्लो उड्छ ।
तपाईं हामीले हाम्रो समाजमा कमल वा रमा जस्ता धेरै मान्छेहरु फेला पार्न सक्छौं, जो सामान्य जीवनमा निडर हुन्छन् । तर त्यस्ता मान्छेहरु नै पनि कुनै कुनै अति सामान्य कुराले समेत भयभीत हुने गर्छन्, जुन कुराले सामान्यतः अरुलाई भयभीत पार्दैन ।
https://www.monsterchildren.com
यस्तो किन हुन्छ ?
कुनै खास वस्तु, अवस्था तथा गतिविधिबाट अत्यन्तै र पन्छाउनै नसक्ने गरी डरलाग्ने यो अवस्थालाई अंग्रेजी भाषामा फोबिया (Phobia) भन्ने गरिन्छ । यस्तो फोबिया भएको मान्छेलाई प्रष्टै थाहा हुन्छ– ऊ जे कुराबाट डराइरहेको छ, वास्तवमा त्यो त्यस्तो डरलाग्दो हैन । त्यसबाट डराउनु पर्ने, नर्भस हुनुपर्ने कुनै कारण नै छैन । तर पनि उसलाई त्यस्तो वस्तु, अवस्था वा गतिविधिको सामाना गर्नुपर्ने स्थिति आयो कि कम्कम्पी छुट्न थालिहाल्छ, उसमा नजानिँदो किसिमको डर पैदा भइहाल्छ, ऊ नर्भस हुन थालिहाल्छ । त्यसैले फोबिया भएका मान्छेहरु आफूलाई जेबाट फोबिया भएको छ, त्यो अवस्था वा फोबियाको स्रोतलाई पन्छाउने कोशिश गरिहाल्छन् ।
फोबियाले ग्रस्त केही मानिसहरुले आफ्नो डरलाई नियन्त्रण र व्यवस्थित गर्न पनि सक्छन् । तर पनि सामान्यतः आफूलाई फोबियाको स्थितिमा पुर्याउने वस्तु, अवस्था वा त्यसका कारणबाट पर रहँदा नै त्यस्ता मानिसहरुले आनन्द एवं शान्ति महसूस गर्ने गर्छन् ।
किन हुन्छ फोबिया ?
हामी मानव हौं । अन्य प्राणी र हामीबीचमा धेरै कुराहरुको भिन्नताहरु हुन्छन् । ती भिन्नताहरुमध्ये एउटा प्रमुख भिन्नता मानसिक संवेदनाको पनि हो । त्यसैले हामीलाई भौतिक दुःख (जस्तै चोटपटक लाग्दा) मात्र हैन, मानसिक दुःख पनि उत्तिकै लाग्छ । कतिपय अवस्थामा हाम्रो मानसिक दुःख यति चर्को हुन्छ, हामी ठूलो मानसिक तनावबाट गुज्रन्छौं । कतिपय अवस्थामा चाहिँ हामी त्यसलाई रोएर, कराएर, रातो मुख लगाएर, सामान्य ढंगले नै पनि व्यवस्थित गर्छौं ।तर जब त्यो मानसिक तनाव सामान्यभन्दा चर्को र ठूलो हुन्छ, त्यसलाई हाम्रो शरीर वा मनमस्तिष्कले प्रतिरोध गर्न सक्दैन । अर्थात्, त्यसको सामु हाम्रो प्रतिरोधात्मक शक्ति कमजोर साबित हुन्छ । यस अवस्थामा त्यस्तो स्थिति वा दुःखलाई व्यवस्थित गर्न हामीमा अर्कै किसिमको प्रतिक्रियाहरु विकसित हुन सक्छन् । त्यस्तो एउटा प्रतिक्रिया चाहिँ फोबिया–प्रतिक्रिया हो । यस अवस्थामा हामीले प्रतिरोध गर्न नसकेको मानसिक दुःख वा आवेगलाई जानी नजानी कुनै वस्तु वा अवस्थासँग जोडिदिन पुग्छौं । त्यस्ता अवस्था वा बस्तुलाई पन्छाएपछि हामी हाम्रो मनमस्तिष्कले प्रतिरोध गर्न नसकेको त्यस्तो दुःख चिन्तालाई पन्छाउन सक्छौं । यसैको एउटा नतिजा हो– फोबिया ।
उदाहरणको लागि, एउटा परिवारको बालकलाई लिऊँ ! ऊ आफ्नो परिवारलाई माया गर्छ र परिवारका अन्य सदस्यहरुले पनि उसलाई माया नै गर्छ । तर बालकको मनमा चाहिँ बाबुप्रति नजानिँदो किसिमको डर छ । उसलाई थाहा छ, बाबुले उसलाई माया गर्छ । तर पनि अचेतन रुपमा ऊ बाबुसँग डराउँछ । ऊ बाबुको अगाडि आफू डराएको महसूस गर्न वा अरुलाई महसूस हुन दिन पनि चाहँदैन । यस अवस्थामा उसले नजानिकनै बाबुप्रतिको आफ्नो त्यो डरलाई लुकाउन पुग्छ । र, उसले आफ्नो यो दबिएको डरलाई जानी नजानिकन नै उचाएमा स्थानान्तरण गर्न सक्छ । किनभने, परिवारमा सबैभन्दा अग्लो र मूली मान्छे उसको बाबु नै हो । यसरी दबिएको र स्थानान्तरण भएको बाबुप्रतिको उक्त डर नै पछि त्यो मान्छेमा उचाईसँगको डर (acrophobia) हावी हुन जान्छ ।
https://medliterate.blogspot.com
यो मान्छेलाई अग्लो स्थानमा जान डर लाग्छ । तर त्यसरी किन डरलाग्छ ? त्यसको कारण उसले खोतल्न सक्दैन । त्यसरी डरलाग्नुको कारण तथा उसको मस्तिष्कको कार्यबारे ऊ अनिभज्ञ नै हुन्छ । उसलाई यति मात्र महसूस हुन्छ– ऊ अग्लो स्थानतिर जानु हुँदैन ।
अब यो मान्छेलाई अग्लो स्थानमा जान डर लाग्छ । तर त्यसरी किन डरलाग्छ ? त्यसको कारण उसले खोतल्न सक्दैन । त्यसरी डरलाग्नुको कारण तथा उसको मस्तिष्कको कार्यबारे ऊ अनिभज्ञ नै हुन्छ । उसलाई यति मात्र महसूस हुन्छ– ऊ अग्लो स्थानतिर जानु हुँदैन । कतिपय अवस्थामा उसलाई प्रष्टै थाहा हुन्छ– यो डर वास्तवमा कारणविहीन छ । तर पनि उसलाई डर लाग्छ । ऊ त्यस वस्तु वा अवस्थालाई पन्छाउन नै चाहन्छ ।
कसैकसैलई मृत्युसँग अत्यन्तै डर लाग्छ । सामान्यः मृत्यु स्वभाविक प्रक्रिया हो । संसारमा जन्म लिएपछि एक दिन मर्नैपर्छ तर पनि मानिसलाई मृत्युको भय सदैव लाग्ने गर्छ । तर जब मृत्यु ने फोबिया बन्न थाल्छ, तब स्थिति जटील बन्छ । यो फोबियाले ग्रसित मानिसलाई चाहिँ जतिखेर पनि मर्छु भन्ने डरले सताइरहन्छ, त्यसले उसको सामान्य जीवन नै पनि चौपट्ट बन्न पुग्छ । यस्तो मानिसलाई जहिले पनि आफ्ना प्रियहरुसँग छुट्टिनुपर्ने भयले सताइरहन्छ र उसले आफ्नो दैनिक जीवन पनि सामान्य ढंगले बताउन सक्दैन ।
यो फोबिया जटील बन्दै जाँदा मानिसले आफ्ना दैनिक गतिविधिहरु पनि गर्न सक्दैन । उदाहरणको लागि, ऊ बाहिर निस्कन चाहँदैन किनभने उसलाई के डर लाग्छ भने बाहिर निस्किँदा आफूलाई संक्रमण सर्छ र मर्छु ।
चरासँग डरलाग्ने फोबिया । https://www.wikihow.com
त्यस्तै कसैकसैलाई चरा देख्दा पनि डर लाग्छ । उसको मनमा के भय हुन्छ भने चराले उसलाई क्षति पुर्याउँछ । यथार्थमा सामान्यतः चराले त्यस्तो क्षति गर्दैन भन्ने कुरा उसलाई थाहा पनि हुन्छ । तर पनि चरा देख्योको उसको अचेतन मनमा दबिएर रहेको चराप्रतिको डर सतहमा पैदा भइहाल्छ, ऊ आत्तिन र चिच्याउन थालिहाल्न सक्छ ।
फोबियाका किसिमहरु
त्यसो त फोबियाहरु धेरै किसिमका छन् । तर मनोचिकित्सकहरुले फोबियालाई त्यसको प्रकृतिको आधारमा मूलतः तीन किसिममा विभाजित गरेका छन् । यस अनुसार, पहिलो फोबियामा सामान्य किसिमको फोबिया पर्दछ । यसमा खास वस्तु, अवस्थाहरुबाट हुने फोबिया, जस्तै, उचाईबाट डरलाग्ने (Acrophobia), बन्द स्थानमा डरलाग्ने (claustrophobia), कीराफट्यांग्रा, साँप र अन्य जनावरहरुसित डरलाग्ने र हवाइजहाजमा यात्रा गर्न डरलाग्ने जस्ता फोबियाहरु पर्दछन् ।
दोस्रो किसिमको फोबियामा खुला स्थान, सार्वजनिक स्थान तथा अवस्थाहरुमा डरलाग्ने कुरा पर्दछ । यसअन्तर्गत, खुला स्थान वा सार्वजनिक स्थानमा हुने गतिविधिहरु जस्तै सार्वजनिक गाडीहरु तथा भीडभाडयुक्त स्थानमा किनमेल गर्न डरलाग्ने अवस्था पनि पर्दछ । पहिलो किसिमको फोबियाभन्दा यो फोबिया अलि जटिल किसिमको हुन्छ । किनभने, यसले मानिसलाई त्यस्ता स्थानहरुमा नजान उत्प्रेरित गर्छ र अन्ततः ऊ सार्वजनिक गतिविधिबाट कटिएर आफ्नो अधिकांश समय घरभित्रै मात्र बिताउन रुचाउन थाल्छ ।
https://allthatsinteresting.com
पहिलो किसिमको फोबियाभन्दा यो फोबिया अलि जटिल किसिमको हुन्छ । किनभने, यसले मानिसलाई त्यस्ता स्थानहरुमा नजान उत्प्रेरित गर्छ र अन्ततः ऊ सार्वजनिक गतिविधिबाट कटिएर आफ्नो अधिकांश समय घरभित्रै मात्र बिताउन रुचाउन थाल्छ ।
तेस्रो किसिमको फोबियामा सामाजिक फोबियाहरु पर्दछन् । यसअन्तर्गत मान्छेहरुको अगाडि जान हिच्किचाउने, सार्वजनिक समारोहहरुमा सरिक हुन डरलाग्ने तथा अन्य मानिसहरुको अगाडि जानुपर्दा नर्भस हुने, आफूमा हिनताबोध हुने जस्ता फोबियाहरु पर्दछन् । यस फोबियाले ग्रस्त मानिसहरु आफू सार्वजनिक वा सामाजिक गतिविधिहरुमा आफू मूर्ख वा जोकर देखिने जस्ता हीनभावनाले ग्रसित हुन्छन् ।
सामान्य किसिमको फोबिया, त्यसमा पनि विशेष गरी जनावर तथा कीरा फट्यांग्राबाट डरलाग्ने फोबिया सामान्यतः बाल्यकालमा शुरु हुन्छ र यस किसिमको फोबिया ठूलो भएपछि पनि रहिरहन्छ । दोस्रो किसिमको फोबिया किशोरावस्था र वयस्क अवस्थाको बीचको समयमा विशेष गरी देखापर्ने गर्छ । त्यसै गरी सामाजिक फोबियाहरु पनि किशोरावस्थामा नै विकसित हुने गर्छ ।
एक तथ्यांकअनुसार, प्रत्येक १०० जनामध्ये ५ देखि १० जना मानिसहरु फोबियाले ग्रस्त हुन्छन् । त्यसमा पनि पहिलो र दोस्रो प्रकारका फोबियाहरु पुरुषमा भन्दा बढी महिलामा रहेको पाइन्छ । तेस्रो प्रकारका फोबियाहरु चाहिँ महिला वा पुरुष कसमा बढी पाइन्छ, त्योबारे थाहा लागिसकेको छैन ।
कसै कसैलाई लाग्न सक्छ, फोबिया भनेको जिन्दगीभर नै रहने चीज हो, यसको उपचार नै हुन सक्दैन । तर उपचार पद्दतिहरुमा भएका विकासले कतिपय फोबियाहरुको सफलतापूर्वक उपचार हुने गरेको छ ।
कसै कसैलाई लाग्न सक्छ, फोबिया भनेको जिन्दगीभर नै रहने चीज हो, यसको उपचार नै हुन सक्दैन । तर उपचार पद्दतिहरुमा भएका विकासले कतिपय फोबियाहरुको सफलतापूर्वक उपचार हुने गरेको छ । यसअनुसार, मनोचिकित्सकको सहयोगमा जसलाई जेबाट डरलाग्ने हो, त्यो कुरासँग पटक पटक साक्षात्कार गराएर, त्यसप्रतिको डर विभिन्न तरिकाको प्रयोगबाट क्रमिक रुपले हटाएर फोबियाको उपचार गर्ने गरिन्छ । त्यसैगरी, कतिपय अवस्थामा औषधीहरुको प्रयोगसमेत फोबियाको उपचारमा उपयोगी साबित हुने गरेको छ ।
केही प्रमुख फोबियाहरु
Ablutophobia न्वाईध्वाई
Acrophobia/ Altophobia उचाइ
Aeroacrophobia अग्लो स्थानको खुला ठाउँ
Aerophobia हवाइजहाज चढ्न
Agateophobia पागलपन
Agliophobia दुखाई
Agraphobia शारीरिक दुव्यर्वहार
Agrizoophobia जंगली जनावर
Agyrophobia गल्ली वा गल्ली पार गर्न
Agoraphobia खुला वा सार्वजनिक ठाउँमा जान
Aichmophobia तीखो टुप्पो भएका वस्तुहरु
Ailurophobia बिरालो
Aichmophobia सियो वा पिनसियो वा तिखो वस्तु
Ailurophobia बिरालो
Albuminurophobia मृगौला रोग
Alektorophobia चल्ला
Alliumphobia लसुन
Allodoxaphobia विचार
Amathophobia धुलो
Amaxophobia कार चढ्न
Ambulophobia घुम्नु
Amaxophobia गाडी देखेर वा गाडी चलाउन
Anthropophobia मान्छेहरुसँग
Aquaphobia पानी
Arachnephobia माकुरो
Astraphobia आकाशमा चम्कने बिजुली
Acarophobia चिलाउनु वा चिलाउने वस्तु बोक्ने किरा
Acerophobia अमिलो
Achluophobia अँध्यारो
Acousticophobia हल्ला
Batrachophobia भ्यागुतो वा उभयचर प्राणी
Blennophobia थलथले तरल पदार्थ वा जेली
Brontophobia मेघगर्जन
Carcinophobia क्यान्सर
Claustrophobia बन्द स्थान, निश्चित सीमारेखाभित्रको निषेधित अवस्था
Clinophobia पलङमा सुत्न जान
Cynophobia कुकुर
Dementophobia मूर्खतापूर्ण व्यवहार
Dromophobia बाटो काट्न
Emetophobia बान्ता
Entomophobia कीरा फट्यांग्रा
Genophobia यौन क्रियाकलाप
Gephyrophobia पुल पार गर्नु
Hematophobia रगत
Herpetophobia सरिसृप वा घस्रने जन्तुहरु
Monophobia एक्लै बस्नु
Musophobia मुसा
Mysophobia फोहर वा किटाणुहरु
Nudophobia नग्नता
Numerophobia अंकहरु
Nyctophobia अँध्यारो अवस्था, रात
Ochlophobia भीडभाड
Ophidiophobia सर्प
Ornithophobia चरा
Phasmophobia भूतप्रेतको हाउगुजी
Pogonophobia दाह्री
Pyrophobia आगो
Siderodromophobia रेल
Thanatophobia मृत्यु
Trichophobia कपाल, रौं
Triskaidekaphobia १३ अंकसँग
Trypanophobia सुई
Xenophobia नचिनेको व्यक्ति
Zoophobia जनावरहरु
Title Photo: https://healingsoulhypnosis.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे
-
प्रिमियर लिग : आर्सनलको शानदार जित
-
लेस्टरलाई हराउँदै तेस्रो स्थानमा उक्लियो चेल्सी
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी ४-० ले पराजित, पेप ग्वार्डिवलालाई झट्का