शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

चिनी मिल बन्द गर्ने चेतावनी

शनिबार, १२ पुस २०७६, १८ : ५९
शनिबार, १२ पुस २०७६

काठमाडौं । ऊखुको बक्यौता रकम नपाएको भन्दै  सर्लाहीका किसान शनिबारबाट काठमाडौँको माइतीघर मण्डलामा धर्ना बसेका छन् । सर्लाही जिल्लास्थित अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले किसानलाई बक्यौता रकम भुक्तानी दिन आलटाल गरेका कारण उनीहरु धर्नामा बस्न बाध्य भएका हुन् ।

  यसअघि गत जेठ ६ गते सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेल, राष्ट्रिय जनता पार्टी (राजपा) का सहमहामन्त्री राकेश मिश्र, ‘ऊखु किसान सङ्घर्ष समिति’ अध्यक्ष रामेश्वारथ राय र सचिव हरिश्याम रायको समस्या समाधान समितिले २०७६ साल भदौ मसान्त भित्रमा किसानको बक्यौता रकम भुक्तानी दिने निर्णय गरेको थियो । 

सङ्घर्ष समितिका पदाधिकारीले पुस मसान्तसम्म पनि बक्यौता रकम भुक्तानीको व्यवस्था नगरेमा सर्लाहीका दुवै चिनी मिल्स बन्द गर्ने चेतावनी दिएका छन् ।

सर्लाही जिल्लामा झन्डै ३० हजार बिघा क्षेत्रफलमा ऊखु खेती गरिन्छ । ऊखु खेतीमा करिब २० हजार किसान आबद्ध रहेको ‘ऊखु किसान सङ्घर्ष समिति’ अध्यक्ष रायले राससलाई जानकारी दिए ।

सर्लाही जिल्लाका २० हजार किसानको अन्नपूर्णसँग रु ५० करोड र महालक्ष्मीसँग रु २१ करोड गरी कूल ७१ करोड बक्यौता रहेको समितिका सचिव हरिश्याम रायले बताए ।

सरकारले सालाखाला ऊखुको मूल्य प्रतिकेजी रु ५।३६ पैसा तोकेको भए पनि ऊखु मिल्सले किसानलाई रु ४।३५ पैसा मात्र भुक्तानी दिँदै आएका छन् ।किसानको अन्नपूर्णसँग २०७० र महालक्ष्मीसँग २०७५ सालदेखिको रकम बक्यौता रहेको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप