सरकारबारे विरोधी शक्तिहरुले अनावश्यक भ्रम फैलाएः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीबारे विपक्षी दल काँग्रेससहित विरोधी शक्तिहरुले अनावश्यक भ्रम फैलाइरहेको बताएका छन् ।
‘विभिन्न समाजिक सन्जालमा लगानी गरेर, अनेक ढंगबाट भ्रम फैलाउने काम भइरहेको छ । सरकारका हरेक काममा हमला गर्ने काम भएको छ’ शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा सपथग्रह कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘अनैतिक ढंगबाट विरोध गर्ने काम भएको छ ।’
चुनावमा नजितेपछि काँग्रेस नेतृत्वको तत्कालीन सरकारले अनैतिक रुपमा विभिन्न निर्णय गरेको उल्लेख गर्दै ओलीले त्यसको दोष पनि वर्तमान सरकारमाथि नै थोपर्ने काम भएको बताए ।
‘विगतका सरकारले विभिन्न निर्णय गरेको छ, तर दोष यही सरकारलाइ लगाएको छ’, ओलीले काँग्रेसलाई व्यङ्ग्य गर्दै अगाडि भने, ‘पानीमा जहाज चल्छ भने विपक्षीलाई थाह छैन सायद । कागजको डुंगा बनाएर बनाएर बाल्टीमा चलाएर मजाक उडाइयो । तर अहिले युवाहरू पानीमा जहाज चलाएका छन् ।’
उनले नेपालमा कोही पनि भोकै नमर्ने उल्लेख गर्दै सरकारले जनहित अनुरुप काम गरिरहने बताए ।
विगतमा स्थिर सरकार नहुँदा नै देश विकास हुन नसकेको उल्लेख गर्दै ओलीले अहिले नेकपाले बहुमत ल्याएर सबै ध्यान आर्थिक समृद्धिमा केन्द्रीत गर्दा पनि गोबयल्स शैलीमा विरोध भइरहेको आरोप लगाए ।
ओलीले आफू नेतृत्वको सरकारले असाधारण काम गरेको दावी गर्दै त्यसलाई विरोधी शक्तिहरुले स्विकार गर्न नचाहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे
-
अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
-
ललितपुर जिल्लाभित्र बसोबास गर्ने माओवादी नेताहरुसँग छलफल