शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चुरा लगाउँदाको वैज्ञानिक तथ्यबारे थाहा छ तपाईंलाई ?

शनिबार, १२ पुस २०७६, १३ : ०७
शनिबार, १२ पुस २०७६

चुरा जुनसुकै धातुबाट बनेपनि अन्त्यमा यो हातको सुन्दरता बढाउनका लागि प्रयोग गरिन्छ । विशेषगरी विवाहित महिलाले चुरा लगाउँछन् । यद्यपि, चुरा लगाउनुका वैज्ञानिक कारण पनि छन् भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर चुरा लगाउनुको धार्मिक महत्व त छँदै छ यसका वैज्ञानिक लाभ पनि छन् । आउनुहोस्, यसबारे जानकारी लिऔं ।

– शारीरिक रुपमा महिला पुरुषको तुलनामा अत्यधिक नाजुक हुन्छ । चुरा लगाउनुको मुख्य उद्देश्य स्त्रीलाई शारीरिक रुपमा शक्ति प्रदान गर्नु हो । विगतमा स्त्रीले सुन वा चाँदीको चुरा लगाउँथे । सुन र चाँदी लगातार शरीरको सम्पर्कमा रहँदा यो धातुको गुण शरीरमा पाइन्छन् ।

आयुर्वेदका अनुसार सुन चाँदीले शरीरलाई बल प्रदान गर्छ । सुन चाँदीको घर्षणमार्फत् शरीरले शक्तिशाली तत्व प्राप्त गर्छ जसमार्फत् महिलाको स्वास्थ्यमा लाभ मिल्छ र उनीहरु धेरै उमेरसम्म स्वस्थ हुनसक्छन् ।

अर्को एक मान्यताका अनुसार महिला जब घरको काम गर्छन् तब चुराको आवाजले घरको नकारात्मक ऊर्जालाई नष्ट गर्ने गर्छ । सकारात्मकता बढ्छ । धार्मिक मान्यताका अनुसार जो विवाहित महिलाले चुरा लगाउँछन् उनीहरुको श्रीमानको आयु लामो हुन्छ । यसै कारण विवाहित महिलाका लागि चुरा लगाउनु अनिवार्य छ ।

चुरा लगाउनुका वैज्ञानिक फाइदाः

नाडीको मुनिदेखि माथिसम्म ६ इन्चको भागमा जुन अकुपंचर पोइन्टस् हुन्छन् त्यसमा समान रुपले दबाब दिँदा शरीर स्वस्थ र ऊर्जावान हुन्छ ।

चुरा हातमा घस्रिन्छ । यसले हातको रक्तसंचार बढाउँछ । विज्ञानका अनुसार यही घर्षणले ऊर्जा दिन्छ र थकाइ मेटाउन सहयोगी भूमिका निभाउँछ ।

हातमा चुरा लगाउँदा श्वास–प्रश्वास र मुटु रोगको आशंका निकै कम हुने गर्छ । चुरा लगाउँदा मानसिक सन्तुलन स्थापित हुन्छ ।

यस्तै विज्ञानका अनुसार काँचको चुराको आवाजले वातावरणमा भएको नकारात्मक ऊर्जा नष्ट हुन्छ र सकारातमक ऊर्जाको संचार हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप