दिल्लीमा यो डिसेम्बर महिना ११८ वर्षयताकै चिसो हुने प्रक्षेपण

एजेन्सी । भारतको उत्तरी तथा पूर्वी क्षेत्रमा चिसो अघिल्ला वर्षको तुलनामा निकै बढेको छ । दिल्लीमा शनिबार बिहान ६ बजेर १० मिनेटमा तापक्रम २.४ डिग्री सेल्सियस पुगेको छ । जबकि शुक्रबार बिहान दिल्लीको तापक्रम ४.२ डिग्री सेल्सियस थियो ।
भारतको राष्ट्रिय समाचार एजेन्सी पीटीआईले मौसम विभागका एक अधिकारीलाई उल्लेख गर्दै यो डिसेम्बरमा यस अघि १९१९, १९२९, १९६१ र १९९७ का औसत तापक्रम २० डिग्रीभन्दा कम रहेको छ ।
उनले भने, ‘बिहीबारसम्म यो वर्षको डिसेम्बरको तापक्रम १९.८५ डिग्री रह्यो । डिसेम्बर ३१ सम्म यो १९.१५ डिग्री सेल्सियस हुने सम्भवना छ ।’
अधिकारीको भनाइमा यो वर्षको डिसेम्बर महिना सन् १९०१ पछि दोस्रो सबैभन्दा चिसो डिसेम्बरको महिना हुने मार्गमा छ ।
मौसम विज्ञानका अनुसार सन् १९१९ र सन् १९२९ को डिसेम्बरको औसत तापक्रम १९.८ डिग्री सेल्सियस रहेको थियो सन् १९६२ मा यो २० डिग्री थियो ।
डिसेम्बर १८ हालसम्मकै चिसो दिन
दिल्ली महानगरको तापक्रमको आधिकारिक तथ्याकं दिने सफदरजंग मौसम विज्ञान केन्द्रले डिसेम्बर १८ को दिन यो वर्षको सबैभन्दा कम तापक्रम रेकर्ड गरेको छ ।
त्यस अनुसार डिसेम्बर १८को दिनभरीको औसत तापक्रम ११.२ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ ।
यस अघि दिल्लीमा सन् १९९२ मा कुनै दिन यति धेरै चिसो मापन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार ढल्छ भन्नेहरू देउवा थाइल्याण्डबाट फर्केपछि फत्रक्क गले’
-
कृष्ण प्रधानका तीन कविता
-
एमाले सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन: संसद्मा गलत कुराहरूको तत्काल प्रतिवाद गर्नुस्
-
बागमती र रुद्रमति किनारबाट दुई मेट्रिक टन फोहाेर व्यवस्थापन
-
विभिन्न १० स्थानमा आगलागी, लाखौँको क्षति
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु