बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ज्लाटन इब्राहिमोभिच एसी मिलानमा

शनिबार, १२ पुस २०७६, १२ : ४२
शनिबार, १२ पुस २०७६

एजेन्सी । स्विडेनका भेट्रान्स स्ट्राइकर ज्लाटन इब्राहिमोभिच इटालियन सिरि ‘ए’ क्लब एसी मिलानमा आवद्ध भएका छन् । म्यानचेस्टर युनाईटेडका पूर्व स्टार ज्लाटनले एसी मिलानमा ६ महिनाका लागि सम्झौता गरेका हुन् । उनले अर्को सिजन विकल्प रोज्न सक्ने प्रावधानसहित एसी मिलानसँग सम्झौता गरेका छन् ।

३८ बर्षीय ज्लाटनले गतसिजनको अन्तिममा अमेरिकी मेजर लिग सकर टोली एलए ग्यालेक्सी छाडेका थिए । एसी मिलान जारी सिजन कमजोर प्रदर्शनबाट गुज्रिएको छ । त्यसैले उसले अनुभवी खेलाडी ज्लाटनलाई साथ लिएको हो । 

ज्लाटनले स्वास्थ्य परिक्षण पछि टोलीमा खेल्ने छन् । उनले जनवरी २ तारिखदेखि टोलीबाट खेल्ने बताईएको छ । ‘म मिलान शहरलाई निकै प्रेम गर्छु । एसी मिलान मेरो मन पर्ने क्लब हो । यहाँ म सम्मानका साथ आएको छु,’ ज्लाटनले भनेका छन् ।

ज्लाटनले यसअघि सन् २०१० देखि २०१२ सम्म एसी मिलानबाट खेलेका थिए । उनी सन् २०१८ मा अमेरिकन क्लब एलए ग्यालेक्सीमा अनुबन्ध भएका थिए । ज्लाटन सात पटकको युरोयिन च्याम्पियन एसी मिलानलाई प्राण भर्ने उद्येश्यका साथ मिलान पुगेका हुन् । सन् २०११ यता उपाधि विहिन एसी मिलान अहिले लिगको ११औं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप