शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सलमान खानको जन्मदिनको पार्टीमा भेला भए उनका पूर्व प्रेमिकाहरु, तस्बिरमा

शनिबार, १२ पुस २०७६, १२ : ३९
शनिबार, १२ पुस २०७६

बलिउड अभिनेता सलमान खानले शुक्रबार आफ्नो ५४ औं जन्मदिन मनाएका छन् । यो मौकामा उनका प्रशंसक र इन्डष्ट्रिका साथीहरुले उनलाई बधाई दिए । यस्तै उनका भाइ सोहेल खानले आफ्नो घरमा पार्टी राखे जसमा उनको परिवारसहित थुप्रै सेलिब्रिटी पुगे ।

उनको जन्मदिनको पार्टीमा उनकी दबंग को–स्टार सोनाक्षी सिन्हा पनि पुगिन् ।

सोनाक्षीसँगै उनकी आमा पूनम सिन्हा पनि उक्त कार्यक्रममा पुगिन् । सलमान खानले उनलाई अँगालो हालेर स्वागत गरे ।

सलमानको बर्थडे पार्टीमा बलिउड नायिका उर्वशी रौतेला पनि उपस्थित भइन् र उनले आफ्नो अचम्मको स्टाइलमा मिडियालाई पोज दिइन् ।

सलमानका भाइ अरबाज आफ्नी प्रेमिका जर्जिया एन्ड्रियानीसँग ।

सलमानको जन्मदिनको पार्टीमा संगिता बिजलानी पनि पुगेकी थिइन् । स्मरण रहोस् उनको नाम कुनै बेला सलमानसँग जोडिएको थियो । उनीसँग विवाहको मिति तोकिएको र कार्ड नै छापिएको पनि विभिन्न भारतीय मिडियाले बताउने गरेका छन् । 

यो मौकामा सलमान खानकी नजिककी साथी एवं कथित प्रेमिका युलिया पनि पुगेकी थिइन् ।

सलमान खानलाई जन्मदिनको बधाइ दिन उनकी पूर्व प्रेमिका कट्रिना कैफ पनि पुगेकी थिइन् ।

सलमान खानकी बहिनी अर्पिता छोरा आहिल र श्रीमान् आयुषसँग कार्यक्रममा उपस्थित भइन् । अर्पिताले दाइ सलमानको जन्मदिनको अवसर पारेरै शल्यक्रियामार्फत् छोरीलाई जन्म दिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप