शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अंग्रेजी नयाँ वर्ष सुरु हुनुअघि घरबाट निकाल्नुहोस् यी पाँच वस्तु, हट्नेछ दुःख कष्ट

शनिबार, १२ पुस २०७६, ११ : ३५
शनिबार, १२ पुस २०७६

अंग्रेजी नयाँ वर्ष सुरु हुन केही दिन मात्रै बाँकी छ । नयाँ वर्ष सुरु हुन लाग्दा धेरै मानिसहरुले धेरै कुराको आशा राखेका हुन्छन् । नयाँ वर्ष सबैका लागि मंगलमय होस् भनेर सबैले अपेक्षा पनि गरेका हुन्छन् । तीमध्ये कतिले नयाँ वर्षमा फाइदा नै फाइदा होस् भनेर विभिन्न उपाय अपनाउन पनि चाहन्छन् । यदि तपाईं पनि नयाँ वर्षमा लक्ष्मीको कृपा चाहनुहुन्छ भने आफ्नो घरबाट यी पाँच कुरा तुरुन्त हटाउनुहोस् ।

भाँच्चिएको फर्निचरः

घरमा भाँच्चिएको खाट राख्दा वैवाहिक जीवनमा कलह हुने मान्यता राखिन्छ । यदि तपाईं नयाँ वर्षमा तपाईंको साथीका साथै तपाईंको जीवन पनि खुसी खुसी बितोस् भन्ने चाहनुहुन्छ भने घरबाट भाँच्चिएका फर्निचर हटाउनुहोस् ।

फुटेका सिसाः

घरमा कुनै पनि प्रकारको सिसा फुटेका छन् भने तुरुन्त हटाउनुहोस् । सिसाको कुनै भाँडो होस् वा फोटो फ्रेम होस् वा सिसा, यदि फुटेका छन् भने तत्काल हटाउनुहोस् । फुटेका सिसाले वास्तु दोष लिएर आउँछन् र यसले मानसिक तनाव पनि निम्त्याउँछ ।

बिग्रिएको घडीः

यदि तपाईंको घरमा बिग्रिएको घडी छ भने त्यसलाई तत्काल हटाउनुहोस् । रोकिएको घडीबाट नकारात्मक ऊर्जा पैदा हुन्छ । यदि तपाईं नयाँ वर्षमा तपाईंको कुनै पनि काम नरोकियोस् भन्ने चाहनुहुन्छ भने आफ्नो बन्द घडीलाई घरबाट तत्काल निकाल्नुहोस् ।

बिग्रिएका विद्युतीय उपकरणः

घरमा भएका पुराना विद्युतीय उपकरणलाई तत्काल बाहिर निकाल्नुहोस् । बिग्रिएका वस्तु घरमा राख्दा राख्दै त्यो कबाडी हुने गर्छन् जसले नकारातमक ऊर्जा पैदा गर्छ । त्यसकारण यस्ता वस्तुलाई आफ्नो घरभित्र स्थान नदिएकै राम्रो ।

फुटेका मूर्तीः

नयाँ वर्षको स्वागत गर्नुअघि पूजाकोठा राम्रोसँग सफा गर्नुहोस् । यदि पूजाकोठामा फुटेका मूर्ती छन् भने यसलाई हटाउनुहोस् किनभने यो अशुभको संकेत हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप