बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि १ सय ४ रोपनी जग्गा अधिग्रहण गर्दैछौंः योगेश भट्टराई

शनिबार, १२ पुस २०७६, १० : ५५
शनिबार, १२ पुस २०७६

पोखरा । नागरिक उड्डयन तथा पर्यटन मन्त्री योगेश भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि थप १ सय ४ रोपनी जग्गा अधिग्रहण गर्न लागेको बताएका छन् । शनिबार पोखरामा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले यस्तो बताएका छन् । 

यद्यपि उनले अधिग्रहण नोक्सान हुने ढंगले नगर्ने स्पष्टिकरण दिए । उनले प्रचलित मूल्यमा मुआब्जा दिने बताउँदै स्थानीयलाई इज्जतदार रुपले अर्को ठाउँमा लैजाने बताए । 

विमानस्थलको गाइडपार्क, एप्रोचपार्क, माइक्रोलोकिकल स्टेशनको लागि जग्गा आवश्यक पर्ने भएकाले जग्गा अधिग्रहण गर्न लागिएको उनले जानकारी दिए । 

१ सय ४ रोपनी जग्गामा १२ घर पनि पर्ने छन् । कुनैपनी संरचना कन्टिन्युअस प्रोसेस भएको हुनाले प्रविधी पनि थप गर्दै लैजाँदा जग्गा अधिग्रहण गर्नुपर्ने उनको भनाई छ । 

२०३२ मा विमानस्थलको लागि जग्गा अधिग्रहण सुरु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप