कुशल पंजाबीको आत्महत्याको खबर सुनेर यस्तो छ आमाको हालत, साथीले गरे खुलासा
टिभी र बलिउडका चर्चित अभिनेता कुशल पंजाबीले बिहिबार आत्महत्या गरेका छन् । उनको मृत्युको खबरले पूरा मनोरञ्जन उद्योग अहिले शोकमग्न छ । कुशालको निधनको खबर उनका नजिकका साथी करणवीर सिंहले दिएका थिए । यस्तै उनका साथी चेतन हंसराजले पनि उनले डिप्रेशनका कारण आत्महत्याको कदम उठाएको बताएका थिए । अब इन्डष्ट्रिकै उनका अर्का साथी कुशल टन्डनले कुशल पंजाबीकी आमाको अवस्थाबारे जानकारी दिएका छन् ।
भारतीय मिडियाका अनुसार कुशल टन्डन कुशाल पंजाबीकी आमालाई भेट्न पुगेका थिए । पिंकविलासँगको कुराकानीमा उनले भने, ‘म उनको खासै नजिकको साथी त होइन तर मैले उनलाई घटना हुनु एकदिन अगाडि भेटेको थिएँ । जब मैले उनले आत्महत्या गरेको खबर सुनेँ तब म स्तब्ध भएँ । उनी निकै व्यवस्थित व्यक्ति थिए । उनले आखिर यस्तो कदम किन उठाए मैले बुझ्न सकिरहेको छैन । खासमा कसैले पनि यस्तो कदम उठाउनु हुँदैन ।’
कुराकानीको क्रमलाई अघि बढाउँदै उनले भने, ‘मैले उनकी आमा र बहिनीलाई पनि भेटेँ । उनका आमा–बुवाले यो कुरा स्विकार गर्न सकिरहेका छैनन् । उनीहरु निकै रोइरहेका छन् । मैले जब उनको आमा भेटेँ तब उनले मेरो हात समातेर ‘तिमी पनि कुशल हौ नि ? यहाँ बस न, मसँगै बस न । ऊ हिजो राती तिम्रो पार्टीमा आएको थियो नि ? के ऊ ठिक थियो ?’ भनेर सोधेकी थिइन् । कुशल एक्लो छोरा हो । उनीहरु निकै विक्षिप्त भएका छन् ।’
कुशल टण्डनले थपे, ‘मलाई थाहा थियो कि उनको विवाहमा केही समस्या भइरहेको थियो तर यस्तो कदम उठाउनु निकै ठूलो घटना हो । डिप्रेशनबारे खुल्ला रुपमा कुराकानी हुन आवश्यक छ । कहिलेकाँही अगाड भएका मानिसलाई पनि के भइरहेको छ थाहा हुँदैन । मलाई लाग्छ कि जब हामी कोही अपरिचितलाई भेट्छौं तब हामीले उसलाई अँगालो हालेर ‘तिमी ठिक छौ ?’ भनेर सोध्नुपर्छ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण