बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

२६ वर्षकी युवतीसँग विवाह गर्नु ७७ वर्षे वृद्धका लागि महँगो साबित

शनिबार, १२ पुस २०७६, ०९ : २६
शनिबार, १२ पुस २०७६

फ्लोरिडाकी एक युवतीले विवाह गरेको केही दिन पछि नै आफ्ना उमेरदार श्रीमानमाथि कथित रुपमा करोडौंको ठगी गरेकी छिन् ।

अधिकारीका अनुसार २६ वर्षीया लिन हेलेन हाल्फनलाई आफ्नो ७७ वर्षे श्रीमान् रिचर्ड र्‍यापापोर्टको अकाउन्टबाट धोकापूर्ण तरिकाले चेकबाट नगद सटही, सम्पत्ति शुद्धिकरण र शोषणको आरोपमा पक्राउ गरिएको छ ।

सोमबार हाल्फनलाई अदालतमा पेश गर्दा उनले आफूलाई दोषी नबताउन अपिल गरिन् ।

थाम्पा बे टाइम्सको रिपोर्ट अनुसार जब हाल्फन थाम्पालाई एक चेक–क्यासिङ स्टोरमा श्रीमानको अकाउन्टबाट १ मिलियन डलर (करिब ११ करोड रुपैयाँ) को चेक साट्न जाँदा उनीमाथि शंका  गरएको थियो ।

स्टोरका कर्मचारीले चेक साट्न अस्विकार गरेका थिए । हाल्फनले त्यसै दिन अन्य तीन चेक पनि साट्ने कोसिस गरेकी थिइन् ।

जब अनुसन्धानकर्ताले हाल्फनका श्रीमान् र्‍यापापोर्टलाई संदिग्ध चेकबारे जानकारी दिए तब आफूले हाल्फनलाई एउटा मौका दिन चाहेको बताए । र्‍यापापोर्टले आफ्नी श्रीमतीलाई उनको मूल देश इजराइल प्रत्यर्पण गराउन नचाहेको पनि बताए ।

अधिकारीले भने, ‘हाल्फनले करिब ६ लाख डलरको दुईवटा चेक साट्न सफल भइन् । डिसेम्बर १० तारिखमा अनुसन्धानकर्ता पुनः एकपटक र्‍यापापोर्ट भएठाउँ पुगे र सोधे, ‘के तपाईंले यसपटक आफू ठगिएको र पीडित भएको महसुस गरिरहनुको छ ?’ यसपटक उनले ‘हो’ मा जवाफ दिए ।’

हाल्फनलाई १६ डिसेम्बरमा थाम्पा अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । हाल्फनका वकिल टोड फोस्टका अनुसार उनी इजरायली नागरिक हुन् र उनले ग्रीन कार्डका लागि निवेदनमा पनि दिएकी छिन् । फोस्टरले भने, ‘हाल्फन र र्‍यापापोर्ट एकअर्कालाई अत्यधिक माया गर्छन् र उनले चोरी गर्नुपर्ने कुनै कारण नै छैन । जहाँसम्म मलाई थाहा छ यो विवाह पूर्ण रुपमा वैध छ ।’

फोस्टरले हाल्फनमाथि लागेको चोरीको आरोपमा भने, ‘मेरो क्लाइन्ट यो देशको नागरिक होइनन् र उनलाई अमेरिकी बैंकिङ्ग व्यवस्थाबारे खासै जानकारी नभएको हुनसक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप