अर्को वर्षदेखि नेपाल बिजुली निर्यात गर्ने देश बन्छ : कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुक बिजुलीमा आत्मनिर्भर बन्ने चरणमा पुगेको बताएका छन् । उनले अर्को वर्षबाट नेपाल विद्युत् निर्यात गर्ने देशका रुपमा परिचित हुने जिकिर गरे ।
आज राजधानीमा नेपाल जनप्रशासन सङ्घले आयोजना गरेको कार्यक्रममा उहाँले कतिपय जलविद्युत् आयोजना सम्पन्न भएका र केही आयोजना सम्पन्न हुने चरणमा रहेको जानकारी गराए ।
मुलुकमा विसं १९६८ सालको फर्पिङ जलविद्युत् आयोजनाबाट बिजुलीको शुरुआत भएको थियो । त्यसको एकसय वर्षसम्म मुलुकको विद्युत् उत्पादन क्षमता एक हजार मेघावाट नपुगेको जानकारी दिँदै उनले चालु आर्थिक वर्षभित्रमा त्यसको क्षमता दुई हजार मेघावाट नाघ्ने बताए ।
यसमा निजी क्षेत्रको ठूलो योगदान रहेको भन्दै उनले प्रशंसा गरे। उनले भने, “नेपाललाई बिजुलीमा आत्मनिर्भर बनाउने चरणमा पुगेका छौँ, लोडसेडिङ अन्त्य मात्रै हाइन, बर्सातको समयमा विद्युत्मा आत्मनिर्भर भइसकेको छ, अर्को वर्षदेखि विद्युत् निर्यात गर्ने देशका रुपमा परिचित हुँदैछौँ ।”
उनले गएको बर्सातमा केही विद्युत् निर्यात गर्न सफल भएको जानकारीसमेत दिए । हिउँदयाममा केही आयात गर्नुपर्ने भए पनि बर्सातमा भने आयातभन्दा धेरै निर्यात हुने अवस्थामा पुगेको उनको भनाइ छ ।
विद्युत् चुहावट हुनबाट रोक्नु अर्को चुनौती रहेको भन्दै उनले त्यसलाई रोक्न निरन्तर लागिरहेको जानकारी दिए ।
तीन वर्षअघि २६ प्रतिशत चुहावट रहेकामा अहिले १५ प्रतिशतमा झारेको र त्यसबाट वार्षिक रु सात अर्ब बढी थप आम्दानी गरेको उनको भनाइ छ ।
अहिले प्राधिकरण पूर्वाधार लगानी गर्ने हैसियतमा पुगेको र सरकारले छुट्याएको बजेटबाहेक प्राधिकरण आफैँ १० अर्ब लगानी गर्न सक्ने अवस्थामा पुगेको जिकिर गरे ।
तीन वर्षभित्रमा सबै नेपालीको घरमा विद्युत्को पहुँच पु¥याउने सरकारी अभियान सफल पार्न प्राधिकरण क्रियाशील रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निरन्तरको कमजोर प्रदर्शनपछि प्ले–अफमा पुग्न सङ्घर्षरत मुम्बई र हैदराबाद आपसमा भिड्दै
-
काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण
-
भारत भ्रमणमा आउँदै छन् अमेरिकी उपराष्ट्रपति जेडी भान्स, के-के छन् छलफलका एजेन्डा ?
-
हिरासतमा रहेका रवीन्द्र मिश्र कविता लेख्छन्, धवल शमशेरलाई सुनाउँछन्
-
टाइमको सय प्रभावशाली व्यक्तिको सूचीमा ट्रम्पसँगै युनुस पनि
-
समाजवादी प्रेस संगठनले मौन प्रदर्शन गर्ने