शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डीआरको ‘मेरो मायाले छुन्छ छुुदैन’मा सारिका र योगेशको स्वर

शुक्रबार, ११ पुस २०७६, २० : ०८
शुक्रबार, ११ पुस २०७६

काठमाडौं । अभिनेत्री सारिका घिमिरे र योगेशकाजीको स्वर रहेको गीत ‘मेरो मायाले छुन्छ छुुदैन’ सार्वजनिक भएको छ । गीतमा कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको शब्द रहेको छ । 

योगेश काजीको संगीत रहेको गीतको भिडियो पनि बनेको छ । जसको निर्देशन गम्भिर विष्टले गरेका हुन् । 
भिडियोमा काटुन क्रुज गु्रपका सरोज र आष्माको अभिनय रहेको छ ।

भिडियोमा सारिका र योगेशलाई पनि देख्न सकिन्छ । अर्जुन तिवारीको छायाँकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन गरेका हुन् । यो गीत डा. डीआर उपाध्यायको गत महिना विश्व रेकर्ड राख्न सफल एल्बम ‘सेभेन्थ कड्स’को हो ।

हालसम्म १८ एल्बम सार्वजनिक गरेका विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायले गीत लेखेर विभिन्न विधामा १४ विश्व रेकर्ड बनाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप