बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सहर कुरुप बनाउने १० व्यक्ति र संस्थालाई महानगरले तिरायो ५८ हजार जरिवाना

शुक्रबार, ११ पुस २०७६, १९ : ४७
शुक्रबार, ११ पुस २०७६

काठमाडौं । सहरलाई नै कुरुप बनाउने गरी चोक–चोकमा राखिएका होर्डिङबोर्डलाई काठमाडौँ महानगरपालिकाले आजबाट हटाउन सुरु गरेको छ । सफा, स्वच्छ र सुन्दर सहर बनाउने योजना अनुरुप विभिन्न ठाउँमा विज्ञापनका लागि राखिएका होर्डिङ्बोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेटलगायतलाई महानगरले हटाउने प्रक्रिया सुरु गरेको हो ।  

आज मात्रै तीनकुने, माइतीघर, टेकु र विष्णुमती पुलका चारवटा ठूला होर्डिङ्बोर्ड हटाएको नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाले जानकारी दिए । त्यसैगरी आज मात्रै महानगरपालिकाले भित्ते लेखन तथा सडकमा जथाभावी माटो खसाल्ने १० कम्पनी र व्यक्तिलाई कारवाही गरेको छ ।     

भोटाहिटी नजिक कालोपत्रे सडकमा माटो खसालेको भन्दै महानगरपालिकाले जेटीसीलाई २५ हजार जरिवाना गराएको छ ।  त्यसैगरी जथाभावी होडिर्ङवोर्ड र पर्चा–पम्प्लेट टाँसेको भन्दै भ्याली इष्टिच्युट चावहिललाई १० हजार र काठमाडौँ जव इम्प्लोइमेण्टलाई ५ हजार जरिवाना तिराएको पनि सापकोटाले जानकारी दिए । सेन्ट जेभियर्स  र गोल्डेनगेट मल्टिपर्पोजलाई पनि महानगरपालिकाले क्रमशः पाँच–पाँच हजार जरिवाना तिराएको छ । आज मात्रै विभिन्न व्यक्ति र संस्थालाई मात्रै महानगरपालिकाले ५८ हजार जरिवाना तिराएको सापकोटाले जानकारी दिए ।

महानगर प्रहरीले आज मात्रै पूर्व क्षेत्रबाट २ जनालाई पक्राउ गरेको छ भने १ जनालाई कारवाही गरेको छ । त्यसैगरी पश्चिम क्षेत्रबाट पनि २ जनालाई पक्राउ गरी एक जनालाई कारवाही गरेको छ । मध्ये क्षेत्रबाट ५ जनालाई पक्राउ गरी पाँचै जनालाई कारवाही गरेको पनि सापकोटाले जानकारी दिए ।

भित्तेलेखनलगायत सहरी दृश्य प्रदुषण हुने प्रचार सामाग्री हटाउने कामलाई महानगरले सोमबारबाट कम्तीमा तीनवटा टोली बनाएर महानगरभरी नै परिचालन गर्ने भएको छ । ‘नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गरेर हामीले सहर सुन्दर बनाउने अभियानलाई तिव्रता दिन यो अभियान चलाएका हौँ,’ सापकोटाले भने, ‘काठमाडौं धार्मिक, सांस्कृतिक र पर्यटकीय सहर हो । यसको मौलिकता बचाउनु महानगरको जिम्मेवारी हो । हामी बिगतदेखि नै यस प्रकारका बोर्डको नियमन गर्दै थियौं, अहिले नियमन कार्यलाई तीब्र बनाएका हौं ।’

उनले महानगरले २०७० सालमा जारी गरेको विज्ञापन सामाग्री नियमन गर्ने कार्यबिधिलाई पूर्ण कार्यान्वयन गर्ने पनि प्रतिवद्धता व्यक्त गरे ।   बिहीबार मात्रै पनि गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलसहित बसेको बैठकले सरोकारवाला निकायका अधिकारीबीच सहरी सुन्दरता कायम गर्ने काममा सघाउ पु¥याउन सबै पक्षलाई आग्रह गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप