बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा बम राखिएको आशंकामा आवतजावत बन्द

शुक्रबार, ११ पुस २०७६, १८ : ४२
शुक्रबार, ११ पुस २०७६

धनुषा । जनकपुरधाममा फेरि अर्को शंकास्पद वस्तु फेला परेको छ ।  शुक्रबार जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर १० स्थित धनुषापथमा रहेको सडक छेउमा भेटिएको उक्त शंकास्पद वस्तु बम हुन सक्ने प्रहरीको आशंका छ । 

जनकपुरको जानकी मन्दिरदेखि देवीचोक जाने धनुषापथ बाटो छेउमा रहेको नाला नजिकै बोरामा कालो रङ्गको झोला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई जानकारी भएलगत्तै पुगेको जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले सो स्थानलाई घेरवार गरि बाटो आवतजावतमा निषेध गरेको छ ।

जानकी मन्दिरदेखि देबीचोक जाने एरिया धनुषपथमा तत्काल आवत–जावत पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । शंकाष्पद वस्तुको एकिन गर्न नेपाली सेनाको डिस्पोजल टोली आउँदै गरेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप