कुलमान घिसिङ र सन्दुक रुइत सम्मानित

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग र आँखा विशेषज्ञ डा.सन्दुक रुइत हेमबहादुर मल्ल सम्मानबाट सम्मानित भएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ्ग र आँखा विशेषज्ञ डा. रुइतलाई हेमबहादुर मल्ल सम्मानबाट सम्मानित गरिएको हो ।
साल्ट ट्रेडिङ कर्पाेरेसनको प्रायोजनमा स्थापित हेमबहादुर मल्ल सम्मान २०७३ घिसिङ्गलाई र २०७४ डाक्टर रुइतलाई प्रदान गरिएको हो । दुवै जनालाई उपराष्ट्रपति नन्दबहादुर पुनले जनही २ लाख रुपैया नगद र ताम्रपत्रसहित सम्मानित गरेका हुन् । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ्गलाई लोडसेसडङ्ग हटाउन भूमिका खेलेको तथा डा.रुइतलाई आँखा उपचारमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
करिब २५ बर्ष साल्ट ट्रेडिङको महाप्रबन्धकको रुपमा काम गरेका रोलमोडल प्रशासकका रुपमा लिइने हेमबहादुर मल्लको नाममा स्थापना गरिएको सम्मान २०६० सालबाट प्रदान गर्न थालिएको हो । यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा.भगवान कोइराला, डा.विमल कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुंगाना, डा.सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम र डा.देवेन्द्र पाण्डे, हेमबहादुर मल्ल सम्मानबाट सम्मानित भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा सैन्य कारबाहीमा ६ आतङ्ककारी मारिए
-
गैँडाको आक्रमणबाट एक घाइते
-
वरिष्ठ अधिवक्ता वीरेन्द्र ठाकुरको नेतृत्वमा कानुन व्यवसायी केन्द्रीय समिति पुनर्गठन
-
रोस्टिङ कमेडी अलि सजिलो
-
प्रमुख प्रशासकीय अधिकृत नियुक्तिको विषयमा उपप्रमुख डंगोलद्वारा प्रमुख साहको विरोध
-
सत्ता पक्ष नेता भन्छन्– राजनीतिक दल विभाजनसम्बन्धी विधेयक दल फुटाउने उद्देश्यले ल्याउन लागेको होइन