लिगमा पुलिसको पहिलो जित
शुक्रबार, ११ पुस २०७६, १७ : ४४
![लिगमा पुलिसको पहिलो जित](https://rpcdn.ratopati.com/media/albums/Police-02_WkonG7B90k.jpg)
काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । दशथ रंगशलामा शुक्रबार भएको खेलमा १० खेलाडीमा समेटिएको पुलिसले सरस्वती युथ क्लबलाई २–० गोलले हरायो । पुलिसको जितमा सुमन लामा र भोला सिलवालले गोल गरे ।
सुमनले ४६ औं र भोलाले ७९ औं मिनेटमा गोल गरेका थिए । पुलिस पहिलो हाफको इन्जुरी समयमा १० खेलाडीमा समेटिएको थियो । अन्जन राई दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । तरपनि सुरस्वतीले कुनै प्रभाव देखाउन सकेन । पुलिसका सुमन लामा म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै पुलिसले तीन खेलबाट चार अंक बनाएको छ । लगातार तेस्रो हार खेपेको सरस्वती अंकविहिन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह
-
सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड
-
दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन