मेडिसिटीले गर्यो जुुग्लेमा १ हजार स्थानियको स्वास्थ्य जाँचः अधिकांशमा उच्च रक्तचापको समस्या

स्याङ्जा– नेपाल मेडिसिटी अस्पतालको मेडिकल टोलीले स्याङ्जाको जुुग्लेका १ हजार स्थानियको विभिन्न समस्याका लागि स्वास्थ्य परिक्षण गरेको छ ।
नेपाल मेडिसिटीका वरिष्ठ चिकित्सक एवं मेडिकल टिमले आँधिखोला गाउँपालिकाका १ हजार स्थानिय नागरिकहरुलाई मुटुरोग, स्त्री, दन्त, हाडजोर्नी तथा सामान्य समस्याका लागि परामर्श गर्दै औषधि वितरण समेत गरेको छ ।
पुुष ६ गतेदेखि ८ गतेसम्म जुुग्ले स्थित आँधिखोला बोर्डिङ्ग स्कुलमा आयोजना गरिएको स्वास्थ्य शिविरका लागि आँधिखोला गाउँपालिकाको समन्वय तथा ब्लाक याक ह्युुमन फाउण्डेसन र कोरियन ओपन डक्टर्स सोसाइटिको संलग्नता रहेको थियो ।
तीन दिनसम्म आँधिखोलामा आयोजना गरिएको शिविरमा नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव जोशी, हाडजोर्नी विशेषज्ञ डा. निभा चित्रकार तथा सामान्य समस्याका लागि डा. सन्तोष यादव सहित २ नर्सहरु र व्यवस्थापनका लागि स्मिता नेपालको सहभागिता रहेको थियो ।
दक्षिण कोरियाबाट आएका मेडिकल टिममा भने स्त्रीरोग, दन्त तथा हाडजोर्नी विशेषज्ञ तथा फार्मेसिष्ट रहेका थिए । विभिन्न समूहले संयुक्त रुपमा आयोजना गरेको यस शिविरमा स्वास्थ्य जाँचका लागि स्थानियहरुको उल्लेख्य सहागिता रह्यो ।
विभिन्न उमेर समूूहका मानिसहरु उपचारको लागि आएको र अधिकांश मानिस उच्च रक्तचापको जोखिममा रहेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव जोशीको अनुुभव छ । शारिरिक व्यायाम तथा आराम, खानपान तथा जनचेतना अभावका कारण पनि यस किसिमको समस्या आएको हुनसक्ने वहाँको धारणा छ ।
अस्पतालमा महाप्रबन्धक विजय रिमालले मध्य पश्चिम नेपालको स्थानियका लागि स्वास्थ्य उपचार सेवा प्रदान गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन
-
लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव
-
दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
-
जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी जोडिँदै
-
पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म