बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सानिमा बैंक लिमिटेड र ब्लु क्रस अस्पताल बीच सम्झौता

शुक्रबार, ११ पुस २०७६, १६ : ३९
शुक्रबार, ११ पुस २०७६

काठमाडौं– सानिमा बैंक लिमिटेड र ब्लु क्रस अस्पताल लिमिटेड बीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ । 

यस सम्झौता पत्रमा सानिमा बैंक लिमिटेडको तर्फबाट प्रमुख डिजिटल बैंकिङ विक्रम श्रेष्ठ र ब्लु क्रस अस्पतालका सदस्य सचिव कार्यकारी व्यवस्थापन समिति रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अन्तर्गत सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ब्लु क्रस अस्पताल साझेदार रहेका नेपालका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्नेछन् ।

साथै प्रयोगकर्ताले सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा १० प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।

विभिन्न स्वास्थ्य उपचार सेवा दिँदै आइरहेको ब्लु क्रस अस्पताल काठमाडौँको त्रिपुरेश्वरमा अवस्थित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप