शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्रीको निर्देशनपछि हटाउन थालियो काठमाडौँका होर्डिङ बोर्ड (फोटोफिचर)

शुक्रबार, ११ पुस २०७६, १५ : २९
शुक्रबार, ११ पुस २०७६

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकाको चोक–चोकमा कुरुप बनाउने गरी राखिएको होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोष्टर, तारलगायतका सामग्री हटाउन सुरु गरेको छ । 

पहिलो दिन शुक्रबार (आज) माइतीघर, तिनकुने, टेकुलगायतका स्थामा महानगरका कर्मचारीले होर्डिङ बोर्ड हटाएका छन् । महानगरपालिकले तत्काल चार ओटा समूह बनाएर होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, भित्तेलेखन हटाउने अभियान चलाएको छ । 

बिहीबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको सरोकारवाला निकायहरुसहितको बैठकले गरेको निर्णय अनुसार आजैदेखि होर्डिङ बोर्डगायतका सामाग्री हटाउन सुरु गरेको हो । 

सर्वोच्च अदालतले ४ वर्षअघि नै  काठमाडौंका होर्डिङ बोर्डहरु हटाउन आदेश दिएको थियो । 

यसअघि रातोपाटीले कात्तिक ५ गते ‘दुर्घटना निम्त्याउँदै डिजिटल होर्डिङ बोर्ड : महानगर कमाउ धन्दामा लाग्दा गुनासो सुनुवाइ भएन’ शीर्षकमा समाचार सम्प्रेषण समेत गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप