सन्तोष भए नयाँ मिस्टर नेपाल
काठमाडौं । सन्तोष उपाध्याय नयाँ मिस्टर नेपाल बनेका छन् । बिहिबार राती होटल अन्नपूर्णमा सम्पन्न ‘मिष्टर नेपाल २०१९’ को ग्रान्ड फिनालेमा २१ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेका हुन् । मोष्ट ट्यालेन्ट र मोष्ट फोटोजेनिकको उपाधि समेत जितेका बिजेता उपाध्यायले उपाधिको साथमा मोटरबाइक, नगद २५ हजारको साथमा बिभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् । अछाम ओली गाउँका सन्तोष स्वस्थ्य पेसामा कार्यरत रहेका छन् ।
एक्सपोज नेपालको आयोजना रहेको र शिवानी एयर मुख्य प्रायोजक रहेका प्रतिस्पर्धामा दिलराज न्यौपाने फस्ट रनरअप र विमल पाण्डे सेकेन्ड रनरअप चुनिँदा प्रिन्स अभी थर्ड रनरअप र अभिनास चौधरी फोर्थ रनरअप घोषित भए ।
बरिष्ठ कलाकार कृष्ण मल्ल, विज्ञानराज शर्मा, केदार कोइराला, कोरियोग्राफर महेश केसी, भरत ढकाल, हिमानी सुब्बा, हरि सिल्वाल, मिष्टर नेपाल अक्षयजंग रायमाझी निर्णायक मण्डलीले नयाँ मिस्टर नेपाल छनोट गरेको हो ।
विजेतालाई आयोजक एक्सपोज नेपालकी सीइओ अर्चना थापा, निर्देशकहरु रवीन्द्र श्रेष्ठ, प्रकाश पुन, सुशील पाण्डे लगायतले बिजेतालाई पुरस्कार प्रदान गरेका थिए । शीर्ष विजेताले ‘मिस्टर वल्र्ड’लगायत बिभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने छन् ।
काठमाडौं, पोखरा, विराटनगर, चितवन, धरानलगायतका देशका प्रमुख शहरको अडिसनबाट छानिएका २२ प्रतियोगी स्वमिङ, फुटबल, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङग, गु्रमिङ, मेकअप, ड्रेसवेयर लगायत बिभिन्न विषयको प्रशिक्षणसहित अन्तिम स्पर्धामा उतारिएको प्रतियोगितामा बेष्टट्रेडिसनल वेयर अरुण कुमार डंगोल, मिष्टर स्पोर्टस् लोकेशराज श्रेष्ठ, मिष्टर कन्जिइनेटली बिजय लामा, बेष्ट मोडल राहुल सिंह राजपुत, मिष्टर मल्टिमिडिया हिट शंकर कुलङ, मिष्टर फिटनेश विमल पाण्डे, मिष्टर डिजिपेय पपुलर अविनाश चौधरीले प्राप्त गरे ।
१७ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुको सहभागिता रहने प्रतियोगिता युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउने उदेश्यले नियमित आयोजना हुँदै आएको छ ।
रातोपाटी डटकम मिडिया पार्टनर रहेको ‘मिष्टर नेपाल’ प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
दुई पटक संशोधन हुँदा पनि कार्यान्वयन हुन सकेन कर्णाली सरकारको महत्त्वाकाङ्क्षी योजना
-
महोत्तरीका सीमा क्षेत्रमा स्थानीय प्रशासनको अनुगमन
-
लन्डनमा घट्यो क्रिसमसको रौनक, सुनसान छन् रेस्टुरेन्ट (तस्बिरहरू)
-
जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला
-
पर्वहरूले सामूहिक भावना विकसित गर्न सहयोग पुर्याउँछन् : सभापति देउवा