शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सलमान खानको ५४ औं जन्मदिनमा बहिनी अर्पिताले दोस्रो सन्तान जन्माउने

शुक्रबार, ११ पुस २०७६, ०८ : ०८
शुक्रबार, ११ पुस २०७६

सलमान खान डिसेम्बर २७ मा आफ्नो ५४ औं जन्मदिन मनाउने तयारीमा छन् । सलमानले यसपाली आफ्नो जन्मदिन भिन्न स्थानमा मनाउने भएका छन् । भारतीय मिडियाका अनुसार प्रोफेशनल र पर्सनल कमिटमेन्ट्सका कारण सलमानले आफ्नो जन्मदिन पनवेल स्थित फार्म हाउसमा नमनाउने निर्णय लिएका छन् ।

सोहेलको घरमा मनाइनेछ जन्मदिनः

सलमान आफ्नो ५४ औं जन्मदिन भाइ सोहेल खानको घरमा मनाउनेछन् जुन मुम्बईको पाली हिल इलाकामा रहेको छ । सोहेलको घरमा एउटा बर्थ डे ब्यास दिइनेस जसमा शाहरुख खान, कट्रिना कैफ, सोनाक्षी सिन्हा, वरुण धवन, सई मांजरेकर, कबिर खान र ज्याकलिन फर्नान्डिजसहित थुप्रै सेलिब्रिटी पुग्ने सम्भावना छ ।

अर्पिताले बनाउनेछिन् जन्मदिन विशेषः

सलमानका लागि यो जन्मदिन विशेष हुनेछ । वास्तवमा, उनकी बहिनी अर्पिताले २७ डिसेम्बरमा शल्यक्रियामार्फत् आफ्नो दोस्रो सन्तानलाई जन्म दिँदैछिन् । उनको शल्यक्रिया हिन्दुजा अस्पतालमा हुँदैछ । यसैकारण पनि सलमानले आफ्नो जन्मदिन मुम्बई बाहिर नमनाउने निर्णय गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप