बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुखी जीवनको सूत्रः पुराना कुरा याद गरिराख्दा वर्तमान र भविष्य दुबै बिग्रन्छ

शुक्रबार, ११ पुस २०७६, ०७ : ५१
शुक्रबार, ११ पुस २०७६

बौद्ध धर्मका संस्थापक गौतब बुद्धको जीवनका थुप्रै प्रेरक प्रसंग छन् जसमा सुखी जीवनको सूत्र लुकेका छन् । यी सूत्र जीवनमा अपनाउँदा हाम्रा समस्या समाप्त हुनसक्छन् । यहाँ एउटा यस्तो प्रसंगबारे कुरा गरिएको छ जसमा एक व्यक्तिले उनको अपमान गरेका थिए । यदि कोही व्यक्तिले हाम्रो अपमान गरेको खण्डमा हामीले कस्ता कुरा याद राख्ने भनेर यो प्रसंगमार्फत् पाठ सिकाइएको छ ।

प्रचलित कथा अनुसार भगवान बुद्ध कुनै गाउँमा उपदेश दिइरहेका थिए । आफ्नो उपदेशमा बुद्धले भनिरहेका थिए, ‘क्रोध यस्तो अग्नी हो जसले क्रोध गर्ने व्यक्ति आफैं पनि जल्छ र अरुलाई पनि जलाउँछ ।’ त्यतिबेला प्रवचन सुनिरहेका मानिसमध्ये अत्यधिक रिसाहा एक व्यक्ति पनि बसिरहेका थिए । उनलाई यो कुरा मन परेन । उनी अचानक उठे र बुद्धलाई पाखण्डी भन्न थाले । उनले रिसाउँदै बुद्धलाई भने, ‘बुद्ध तिमी पाखण्डी हौ । ठूल्ठूला कुरा गर्नु नै तिम्रो काम हो । तिमीले मानिसलाई भ्रममा पारिरहेको छौं । तिम्रो यो कुरा आजको समयमा कुनै महत्वको छैन ।’

– ती व्यक्तिले बुद्धलाई अपमानजनक कुरा सुनाइरहेका थिए । त्यहाँ बसेका सबै मानिसहरु बुद्धले निकै शान्तपूर्वक उनको गाली सुनिरहेको देखेर छक्क परिरहेका थिए । रिसाएका ती व्यक्ति बुद्धलाई शान्त देखेर झन् रिसाए । उनी बुद्धको आगडि गए र उनको मुखमा थुकेर त्यहाँबाट निस्किए ।

 – घर पुगेपछि रिसाएका व्यक्तिको मन शान्त हुँदा उनलाई आफ्नो कृत्यको ठूलो पछुतो भयो । उनी बुद्धसँग क्षमायाचना गर्न पुगे तर त्यो गाउँबाट बुद्ध छिमेकी गाउँ जान निस्किसकेका थिए । ती व्यक्ति बुद्धलाई खोज्दै अर्को गाउँमा पुगे । त्यहाँ ती व्यक्तिले बुद्धलाई देख्ने बित्तिकै उनको गोडा ढोग्दै उनीसँग क्षमा माग्न थाले ।

– बुद्धले भने, ‘तिमी को हौ र मसँग किन क्षमा मागिरहेको छौ ?’ ती व्यक्तिले भने, ‘तपाईंले बिर्सनुभयो ? मैले हिजो तपाईंमाथि दुर्व्यवहार गरेको थिएँ । तपाईंको अपमान गरेको थिएँ ।’

– बुद्धले भने, ‘हिजोको कुरा त मैले त्यहाँ नै छोडेर आइसकेको छु र तिमी भने त्यहाँ नै रोकिएको छौं ? तिमीलाई गल्तीमाथि पछुतो छ र तिमीले पश्चाताप गर्यौ । अब तिमी पापरहित भयौ । नराम्रो कुरा याद गरिराख्दा हाम्रो आज बर्बाद हुन्छ । यो बानीका कारण भविष्य बिग्रन सक्छ । त्यसकारण बितिसकेको कुरालाई बिर्सिएर अघि बढ्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप