शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल

शुक्रबार, ११ पुस २०७६, ०७ : ३९
शुक्रबार, ११ पुस २०७६

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौंको अहिलेको तापक्रम भने १ दशमलव ५ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । 

यसअघि  बुधबार  र बिहिबार क्रमशः २ २ दशमलव ९ डिग्री सेल्सियस र १ डिग्री सेल्सियस रहेको थियो  ।  

काठमाडौं उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको छ । 

मौसमविद् विभूति पोखरेलका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ । ‘अबको केही दिन तापक्रम घटबढ भइरहनेछ,’ उनले भने ।

मौसमविद् पोखरेलका अनुसार राति बद्ली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट्ने हुन्छ । 

पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र शितलहरले जनजीवन कष्टकर बन्दै गएको छ । चिसोबाट विशेष गरी वृद्धवृद्धा र बालबालिका बढी प्रभाति हुने गरेकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् । 

कहाँको तापक्रम कति ? 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप