गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः पुस १५ गते निर्माण सम्पन्न नहुने
शुक्रबार, ११ पुस २०७६, ०७ : ०८
निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सबै काम सकिनुपर्ने अन्तिम मिति डिसेम्बर ३१ (पुस १५) सम्म निर्माणका काम नसकिने भएपछि गौतमबुद्ध विमानस्थल स्तरउन्नति आयोजनाको कार्यालयले ३ महिना थप समय माग गर्दै नागरिक उड्डयन प्राधिकरणलाई बिहीबार पत्र पठाएको छ ।
निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभियसन कम्पनीले तोकिएको समय डिसेम्बर ३१ भित्र निर्माणको काम नसकिने भएपछि १० दिन अघिनै म्याद थप गर्न (थप समय) माग गर्दै आयोजनाको कार्यालयमा पत्र दिएको थियो ।
निर्माण कम्पनीको पत्र आइसकेपछि हालसम्म सम्पन्न भएका कामहरु तथा अब बाँकी कामहरुको आधारमा ३ महिनाभित्र (मार्च २०२०) निर्माणका सबै काम सकिने आधार देखिएकाले ३ महिना समय थप्न केन्द्रीय कार्यालयमा पत्राचार गरेका हुन् । यो समाचार आजको कारोबार दैनिकमा मनोरञ्जन शर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका जेट्जले लिए नाम फिर्ता
-
६०० ग्राहकको विद्युत् लाइन काटिँदै
-
जर्मनीको वायर्नम्युनिख क्वार्टर फाइनलमा
-
खदीजा चम्किएपछि म्यान्चेस्टर सिटी दुई खेलअघिनै क्वार्टरफाइनल प्रवेश
-
रुसले युक्रेनमा हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्र प्रहार गरेको दाबी
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता