शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सभामुख टुंगो लगाउन नेकपालाई सकस,  तुम्बाहाम्फेको विपक्षमा ओली

शुक्रबार, ११ पुस २०७६, ०६ : ४६
शुक्रबार, ११ पुस २०७६

नेपाल कम्युनिष्ट पार्टीलाई नयाँ सभामुखको उम्मेदवार टुंगो लगाउन सकस भएको छ । आज शुक्रबारका लागि प्रतिनिधिसभाको बैठक बोलाइए पनि नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन सकेको छैन । 

सभामुख बन्नुपर्ने अडान उपसभामुख शिवमाया तुम्बाहाम्फेले राखेकी छन् । तर, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङलाई बनाउनुपर्ने पक्षमा रहेका छन् । 

भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अग्नि सापकोटालाई सभामुख बनाउनुपर्ने अडानमा रहेका छन् । 

निर्णय गर्ने ठाउँमा रहेका अध्यक्षद्वयले नै आ–आफ्नो अडान राखेपछि सभामुख चयनमा सहमति जुट्न सकेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप