कोरियाली क्रान्तिको रक्षार्थ सहिद भएका आफ्ना छोराको मृत्युलाई माओले कसरी लिनुभएको थियो ?
एकपटक सुङलिङले आनइङ दाइका अवशेषहरु कोरियाबाट चीन ल्याउन लगाउनका लागि बुबासँग अनुमति माग्नुभयो । तर, उहाँले टाउको हल्लाएर आफ्नो असहमति जनाउनुभयो र भन्नुभयो– “सहिदहरुलाई जहाँकहीँ पनि गाड्न सकिन्छ । आखिर हामीले किन उनका अवशेषहरु यहाँ ल्याउने ? के चिनियाँ स्वयंसेवक दलका हजारौं सहिदहरुलाई कोरियामै गाडिएको होइन र ?”
– माओ छानछिङ/साओ ह्वा
चिनियाँ जनताका लागि माओत्सेतुङ त्यस्ता महान् नेता हुनुहुन्थ्यो, जसले चिनियाँ क्रान्तिमा शानदार योगदान गर्नुभएको थियो । किन्तु, हाम्रा लागि उहाँ एकजना दयालु पिता, कठोर शिक्षक र त्यस्तो व्यक्ति हुनुहुन्थ्यो, जो हामीसँग अत्यन्त घनिष्ठ रुपले सम्बन्धित हुनुहुन्थ्यो ।
हामीलाई राम्ररी थाहा छ– हाम्रा पिता चिनियाँ जनताका त्यस्ता नेता हुनुहुन्थ्यो, जसको हृदय करोडौंकरोड जनतासँग सम्बन्धित ठूलाठूला विषयहरुले सधैं भरिपूर्ण रहन्थ्यो । किन्तु, हामीलाई यो पनि राम्ररी नै थाहा छ कि हाम्रा पिता कुनै अन्य व्यक्तिझैं एकजना मानिस नै हुनुहुन्थ्यो, जसको हृदय आफ्नो परिवारप्रति स्नेह र छोराछोरीप्रति प्रेमले भरिएको थियो ।
हामीलाई राम्ररी थाहा छ– हाम्रा पिता चिनियाँ जनताका त्यस्ता नेता हुनुहुन्थ्यो, जसको हृदय करोडौंकरोड जनतासँग सम्बन्धित ठूलाठूला विषयहरुले सधैं भरिपूर्ण रहन्थ्यो । किन्तु, हामीलाई यो पनि राम्ररी नै थाहा छ कि हाम्रा पिता कुनै अन्य व्यक्तिझैं एकजना मानिस नै हुनुहुन्थ्यो, जसको हृदय आफ्नो परिवारप्रति स्नेह र छोराछोरीप्रति प्रेमले भरिएको थियो ।
४ अगस्ट, १९४९ मा हुनान प्रान्तको छाङसा सहर मुक्त गरियो र हाम्रो जन्मस्थानबाट एउटा उत्साहबर्धक समाचार प्राप्त भयो– हाम्री हजुरआमा अहिले पनि जीवित र स्वस्थ्य हुनुहुन्छ । पिताले तत्काल एउटा तार पठाएर उहाँलाई बधाइ दिनुभयो र उहाँप्रति आफ्नो हार्दिक सम्मान व्यक्त गर्नुभयो ।
त्यसै वर्ष ११ सेप्टेम्बरमा बुबाले हजुरआमाका लागि भनी फरको अस्तर पठाउनुभयो, जुन ओभरकोटमा लगाएर जाडोबाट आफूलाई बचाउन सकिन्छ ।
सन् १९५० मा हाम्रा दाजु आनइङलाई उहाँले तपाईं स्वयं हुनान गएर हजुरआमाको हालचाल बुझेर आउनुहोला भनी अह्राउनुभयो र उहाँले हजुरआमाको स्वास्थ्यलाभको लागि केही ‘रनशन’ पनि दाजुसँगै पठाउनुभयो ।
जब देशमा कर्मचारीहरुलाई आफ्नो आधारभूत आवश्यकताको पूर्तिको लागि वस्तुहरुको सप्लाइ गर्ने व्यवस्थाको सट्टामा तलब दिने व्यवस्था लागू गरियो तब बुबाले हजुरआमाको जीवनयापनको लागि प्रत्येक महिना नगद राशी पठाउने व्यवस्था गर्नुभयो । यो सिलसिला कहिले पनि बन्द भएन ।
हजुरआमालाई आफ्नो जीवनको अन्तिम समयमा एक्लोपनको अनुभव नहोस् भनेर बुबाले हजुरआमाको हालचाल बुझ्नको लागि आनइङ र आनछिङलाई धेरैजसो हुनान पठाइरहनुहुन्थ्यो । उहाँहरुलाई बुबाले हाम्री दिवङ्गत आमाको चिहानमा गएर उहाँप्रति श्रद्धाञ्जलि अर्पण र स्थानीय जनताप्रति पनि आफ्नो सम्मान व्यक्त गर्न भनिरहनुहुन्थ्यो ।
हजुरआमालाई आफ्नो जीवनको अन्तिम समयमा एक्लोपनको अनुभव नहोस् भनेर बुबाले हजुरआमाको हालचाल बुझ्नको लागि आनइङ र आनछिङलाई धेरैजसो हुनान पठाइरहनुहुन्थ्यो । उहाँहरुलाई बुबाले हाम्री दिवङ्गत आमाको चिहानमा गएर उहाँप्रति श्रद्धाञ्जलि अर्पण र स्थानीय जनताप्रति पनि आफ्नो सम्मान व्यक्त गर्न भनिरहनुहुनथ्यो ।
सन् १९६२ को वसन्तमा जब हामी दुवै परस्पर विवाहसूत्रमा बाँधिएर पेकिङ फक्र्यौं तब बुबा हामीलाई देखेर मुस्कुराउनुभयो र विनोदपूर्वक भन्नुभयो– “के हामी नवविवाहिता बुहारीले गाउँ गएर हाम्रो पुरानो घर हेर्नुपर्ने होइन र ? त्यहाँ हजुरआमा र अन्य नातेदारको दर्शन गर्नुपर्ने हो कि ?”
त्यसबेला हामी दुवै जनमुक्ति सेनाको जनरल स्टाफ हेडक्वार्टर्स्मा काम गर्दथ्यौं । त्यसैले बुबाले हामीलाई पहिले हामीले कमरेड ल्वो सुइछिङबाट छुट्टी लिनका लागि एकसाथ छाङसा जान भन्नुभयो ।
यसरी बुबाको निर्देशअनुसार हामी पहिले आफ्नो आमाप्रति श्रद्धाञ्जलि अर्पित गर्नका लागि पानछाङ गयौं । त्यसपछि आफ्ना नातेदाहरुसँग भेटघाट गर्नका लागि साओसान गयौं । छाङसामा हामीलाई देखेर हाम्री ९२ वर्षीया हजुरआमा यति प्रसन्न हुनुभयो कि उहाँको चाउरी परेको अनुहारमा पनि मुस्कुराहट फैलियो र आँखामा स्नेहको बाढी अयो । उहाँ जोडजोडले हाँसिरहनुभयो । उहाँले एक हातले छानछिङलाई समातिराख्नुभएको थियो र अर्को हातले साओ ह्वालाई ।
उहाँले कयौंपटक हामीलाई शिरदेखि पाउसम्म हेर्नुभयो । उहाँ आफ्नो पकड मजबुत पारिराख्न चाहनुहुन्थ्यो । पछि उहाँको आँखा विस्तारै आँसुले भरिएर आयो ।
मामा खाएची र माइज्यू हुङतेले पनि प्रश्नमाथि प्रश्न गरिरहनुभयो । हामीले बुबाको तर्फबाट सबै परिवारजनलाई अभिवादन गर्यौं । हरेक व्यक्ति खुसीले ओतप्रोत भए ।
नोभेम्बर १९६२ मा जब हाम्री हजुरआमाको निधनको दुःखद् समाचार हाम्रो जन्मस्थानबाट आयो तब बुबा गहिरो शोकमा डुब्नुभयो । उहाँले तुरुन्त लेख्ने कलम उठाउनुभयो र आफ्ना संवेदनाहरुले भर्दै एउटा पत्र लेख्नुभयो र हजुरआमाको अन्त्येष्टीका लागि खर्च गर्न ५०० यान पठाउनुभयो । आफ्नो पत्रमा उहाँले मामा र माइज्यूलाई हाम्री हजुरआमालाई ‘मेरी प्रिय पत्नी कमरेड याङ काइहुईको नजिकै गाड्नुपर्छ’ भनेर अनुरोध गर्नुभएको थियो ।
जब हाम्री हजुरआमा जीवित हुनुहुन्थ्यो तब अक्सर गरेर हाम्रो बुबा उहाँ दयालु हृदयका एक महान् व्यक्ति हुनुहुन्छ भन्नुहुन्थ्यो ।
000
हाम्रो बुबालाई अन्यन्त कम मात्र फुर्सद मिल्थ्यो, फेरि पनि उहाँ हाम्रो प्रगति र आकाङ्क्षामा तीव्र रुचि राख्नुहुन्थ्यो । उहाँले हामीलाई पढ्नका लागि स्वयंले पुस्तकहरुको सूचि बनाइराख्नुभएको थियो, उहाँ हाम्रो स्कुलको रिपोर्टहरु र शिक्षकहरुका टिप्पणीहरु धेरै ध्यान दिएर जाँच्नुहुन्थ्यो । हामीले जुनसुकै प्रश्न सोधे पनि उहाँ त्यसको सन्तोषजनक जवाफ दिनुहुन्थ्यो ।
जब हामी उहाँलाई कुनै सुखद् समाचार सुनाउँथ्यौंं तब उहाँको अनुहारमा मुस्कान फुल्थ्यो, जब हाम्रोअगाडि कुनै कठिनाइ आउँथ्यो तब त्यसलाई कटाउनका लागि उहाँ सहायता गर्नुहुन्थ्यो, जब हामी चिन्ता र कठिनाइहरुमा अल्झिन्थ्यौं तब उहाँ आफ्नो उत्साहबर्धक कुराकानीबाट हाम्रो चित्त बुझाउने र दिलबाट निराशा र विषदको भावनालाई भगाउने काम गर्नुहुन्थ्यो ।
हाम्रो बुबा हामीबाट चाहे जति नै टाढा रहनुभएको किन नहोस्, उहाँ हाम्रो कल्याणको लागि सधैंसधैं ध्यान राख्नुहुन्थ्यो । सन् १९६० मा जब आनछिङ ताल्येनमा स्वास्थ्यलाभ गरिरहेका थिए तब बुबाले उनलाई पत्र लेख्नुभएको थियो–
“मेरो छोरा आनछिङ,
अहिलेसम्ममा तिमीलाई मेरो पहिलेको पत्र प्राप्त भइसक्यो होला । तिम्रो स्वास्थ्य पहिलेभन्दा निकै राम्रो भइसकेको खबर सुनेर म अत्यधिक प्रसन्न भएँ । फेरि पनि तिमीले आफ्ना डाक्टरहरुको र तिम्रो सहायता र हेरचाह गर्ने कमरेडहरुको कुरामाथि अवश्य ध्यान दिनुपर्दछ, ताकि तिमी धैर्यपूर्वक स्वस्थ्यलाभ गर्दै पूर्णतः स्वस्थ्य हुन सक ।
आफ्नो धैर्य कहिले पनि नगुमाउनू... यदि तिमीलाई कुनै पत्र पठाउनु छ भने त्यो सिछि (सुङलिन) र बाओ ह्वालाई दिनूू, जुन उनीहरु फर्कंदा आफूसँगै लिएर आउन सक्छन् । भविष्यमा पनि यस्तै गरिरहनू । पत्र पठाउनका लागि अरु कसैलाई दुःख नदिनू ।
आफ्नो धैर्य कहिले पनि नगुमाउनू... यदि तिमीलाई कुनै पत्र पठाउनु छ भने त्यो सिछि (सुङलिन) र बाओ ह्वालाई दिनूू, जुन उनीहरु फर्कंदा आफूसँगै लिएर आउन सक्छन् । भविष्यमा पनि यस्तै गरिरहनू । पत्र पठाउनका लागि अरु कसैलाई दुःख नदिनू । जहाँसम्म ताल्येन नगरपालिका समितिका कमरेडहरु र तिमीलाई हेरचाह गर्ने चिकित्सादलका कमरेडहरुको कुरा छ, तिमीले उनीहरुप्रति कृतज्ञता व्यक्ति गर्नुपर्दछ । उनीहरु तिम्रो कल्याणका लागि सदैव अत्यन्त चिन्तित रहेका छन् र उनीहरुले तिम्रा लागि ती सबै कामकुरा गरेका छन्, जुन उनीहरुको बशमा थियो । यो पत्र उनीहरुलाई पनि देखाउनू । म उनीहरु सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
तिम्रो मङ्गलकामनासहित
तिम्रो बुबा”
00
बुबा आनइङ दाइलाई विशेष रुपले चाहनुहुन्थ्यो । उहाँ स्तालिनद्वारा बहुप्रशंसित चिनियाँ सोभियत लालसेनामा लेफ्टिनेन्ट हुनुहुन्थ्यो । उहाँले रणक्षेत्रमा वीरगति प्राप्त गर्नुभएको थियो ।
आइनङको मृत्युपश्चात् बुबा धेरै लामो समयसम्म एक्लै गहिरो शोकमा डुबिरहनुभयो– प्यारो छोरा उनीबाट खोसिएको एउटा बूढो व्यक्तिझैं । उहाँले यो दुःखद् समाचार हाम्री भाउजू सुङलिङबाट लुकाइराख्नुभएको थियो, ताकि उहाँले आफ्नो पूरा ध्यान आफ्नो अध्ययनमाथि केन्द्रित गरिराख्नसक्नुहोस् । यस अवधिमा उहाँ अक्सर गरेर सहिदहरुका वीरतापूर्ण कामकारवाहीहरुको उल्लेख गर्नुहुन्थ्यो । उहाँँ हाम्रो परिवारका पाँच सदस्यहरुले कसरी कुन प्रकारले आफ्नो प्राण उत्सर्ग गरेका थिए भन्ने कुरा बताउनुहुन्थ्यो ।
आइनङको मृत्युपश्चात् बुबा धेरै लामो समयसम्म एक्लै गहिरो शोकमा डुबिरहनुभयो– प्यारो छोरा उनीबाट खोसिएको एउटा बूढो व्यक्तिझैं । उहाँले यो दुःखद् समाचार हाम्री भाउजू सुङलिङबाट लुकाइराख्नुभएको थियो, ताकि उहाँले आफ्नो पूरा ध्यान आफ्नो अध्ययनमाथि केन्द्रित गरिराख्नसक्नुहोस् ।
त्यसबेला सुङलिङ भाउजू विलकुल अन्धकारमा हुनुहुन्थ्यो र उहाँले हाम्रो बुबाका कुराकानीहरुको तात्पर्य के हो भन्ने कुरा बुझ्न सक्नुभएन । पछि जब यो दुःखद् समाचार उहाँलाई सुनाइयो तब उहाँ पनि गहिरो शोकमा डुब्नुभयो । उहाँ तथा दाइ आनइङ आफ्नो विवाहको केवल एक वर्षभित्रै एकअर्काबाट सदासदाका लागि बिछोडिनुभएको थियो ।
बुबालाई अरु बढी शोक नहोस् भनेर भाउजू आफ्नो कोठामा लुकीलुकी रुनुभयो । रातको भोजनका लागि उहाँ जब सबैसँग बस्नुभयो तब बुबाले उहाँका राता र सुन्निएका आँखाहरु देखेर सत्य के हो बुझिहाल्नुभयो । उहाँ हातमा चपस्टिकहरु लिएर धेरै समयसम्म विचारमा हराउनुभयो र फेरि चपस्टिकहरु मेचमा त्यत्तिकै राखेर खाना नखाईकन नै उठ्नुभयो । त्यसपछि उहाँ भोजन कक्षबाट विस्तारैविस्तारै बाहिर निस्कनुभयो ।
त्यस घटनापछि भाउजू सुङलिङले आफ्नो दुःखलाई भित्रभित्रै दबाइराख्नुभयो र आँसु पिएर हिँड्नुभयो । तर, बुबाले उहाँका भावनाहरु राम्ररी बुझ्नुभएको थियो । उहाँ भाउजू दिन प्रतिदिन दुब्लो हुँदैगएको अनुहार हेर्नुहुन्थ्यो र उहाँलाई ढाडस दिएर भन्नुहुन्थ्यो– “यो युद्ध हो र युद्धमा मानिसहरुको ज्यान त गइहाल्छ । आनइङ मेरो छोरा भएकाले चीन र कोरियाका जनताका लागि आफ्नो प्राण दिनु पर्दैनथियो भनेर कहिले पनि सोच्ने छैनौ ।”
जब आनइङ दाइको मृत्युको समाचार सबैलाई थाहा भयो तब बुबाले सुङलिङलाई भन्नुभयो– “अबदेखि तिमी मेरी सबैभन्दा ठूलो छोरी हौ ।”
त्यस दिनदेखि उहाँले विशेष रुपले सुङलिङलाई सधैं स्नेहपूर्ण हेरचाह गर्नुभयो । उहाँ अक्सर उहाँका कपडाहरु, खाना तथा अन्य कुराहरुको बारेमा सोधपुछ गर्दैरहनुहुन्थ्यो र पत्रव्यवहारमा उहाँलाई ‘मेरी सबैभन्दा ठूली छोरी’को रुपमा सम्बोधन गर्नुहुन्थ्यो ।
एकपटक सुङलिङले आनइङ दाइका अवशेषहरु कोरियाबाट चीन ल्याउन लगाउनका लागि बुबासँग अनुमति माग्नुभयो । तर, उहाँले टाउको हल्लाएर आफ्नो असहमति जनाउनुभयो र भन्नुभयो– “सहिदहरुलाई जहाँकहीँ पनि गाड्न सकिन्छ । आखिर हामीले किन उनका अवशेषहरु यहाँ ल्याउने ? के चिनियाँ स्वयंसेवक दलका हजारौं सहिदहरुलाई कोरियामै गाडिएको होइन र ?”
एकपटक सुङलिङले आनइङ दाइका अवशेषहरु कोरियाबाट चीन ल्याउन लगाउनका लागि बुबासँग अनुमति माग्नुभयो । तर, उहाँले टाउको हल्लाएर आफ्नो असहमति जनाउनुभयो र भन्नुभयो– “सहिदहरुलाई जहाँकहीँ पनि गाड्न सकिन्छ । आखिर हामीले किन उनका अवशेषहरु यहाँ ल्याउने ? के चिनियाँ स्वयंसेवक दलका हजारौं सहिदहरुलाई कोरियामै गाडिएको होइन र ?”
बुबाको मन असीम सागरझैं व्यापक थियो । उहाँ आफ्नो प्रेम र घृणाको कसी जनसमुदायका हितहरुलाई मान्नुहुन्थ्यो । अमेरिकी साम्राज्यवादीहरुले चिनियाँ राष्ट्रका हजारौं श्रेष्ठ छोराछोरीहरुलाई मार्यो, जसमा उहाँको आफ्नै प्यारो छोरा पनि समावेश थिए । तर, चिनियाँ जनताका आधारभूत हितहरुका लागि र चिनियाँ जनता एवं अमेरिकी जनताको मैत्रीका लागि उहाँले अमेरिकाका अपराधहरुलाई एकातिर अलग्ग राखेर चीन र अमेरिकाबीच राजनीतिक सम्बन्ध स्थापित गर्ने उद्देश्यले स्वयं आफ्नै हातले ढोका खोल्नुभएको थियो ।
उहाँ हाम्रा लागि एकजना नेता हुनुका साथसाथै एकजना दयालु पिता पनि हुनुहुन्थ्यो । दुःख र शोकसित सामना हुँदा उहाँको दयालु पिताको स्वरुप एउटा विरालाकोटीको शक्तिशाली व्यक्तिमा परिणत हुन्थ्यो । आफ्नो पतिको अचानक मृत्यु भएपछि सुङलिङलाई कति गहिरो मानसिक आघात पर्यो होला, त्यो बुबालाई राम्ररी थाहा थियो ।
सन् १९५९ मा भाउजू सुङलिङको अनुरोधमा उहाँले स्वयं आफ्नै तलबको पैसाले भाउजूलाई कोरिया पठाउने यात्राको खर्चको व्यवस्था गर्नुभयो र साओ ह्वालाई सुङलिङसँगै पठाउने प्रबन्ध गर्नुभयो, ताकि उहाँले दाइ आनइङको चिहानमा गएर एउटी पत्नीको नाताले उहाँलाई श्रद्धाञ्जलि अर्पित गर्नु सक्नुहोस् । यसमा कोरियाली सरकारलाई कुनै समस्या नहोस् भनेर कमरेड रन रुङको नेतृत्वमा एउटा प्रतिनिधिमण्डलको साधारण सदस्यको हैसियतले सुङलिङ र साओ ह्वा कोरिया जानुभयो, उहाँहरु स्वयं हाम्रो राजदूतावासमा बस्नुभयो र केही दिनभित्रै देश फर्कनुभयो ।
सन् १९५९ मा भाउजू सुङलिङको अनुरोधमा उहाँले स्वयं आफ्नै तलबको पैसाले भाउजूलाई कोरिया पठाउने यात्राको खर्चको व्यवस्था गर्नुभयो र साओ ह्वालाई सुङलिङसँगै पठाउने प्रबन्ध गर्नुभयो, ताकि उहाँले दाइ आनइङको चिहानमा गएर एउटी पत्नीको नाताले उहाँलाई श्रद्धाञ्जलि अर्पित गर्नु सक्नुहोस् ।
कोरियाको प्योआन प्रदेशको ह्वेइछाङ जिल्लामा निर्मित चिनियाँ जनस्वयंसेवकहरुको सहिदसमाधिक्षेत्र पहाडहरुबीच अवस्थित थियो । त्यो ठाउँ अग्लाअग्ला देपदारु र राइसल्लाका रुखहरुले घेरिएको थियो र पहाडहरुको बीचबाट निर्मल जलाधारहरु मन्दमन्द गतिमा बगिरहेका थिए, जसबाट त्यहाँको वातावरण विशेष रुपले शान्त र चित्ताकर्षक प्रतीत हुन्थ्यो ।
जब हामीले अग्लाअग्ला सिँढीहरु चढेर सहिदसमाधिक्षेत्रमा प्रवेश गर्यौं तब हामीले लाइनमा गोलाकार चिहान देख्यौं । प्रत्येक चिहानको अगाडि एउटाएउटा समाधिपत्थरमा सहिदहरुको नाम लेखिएको थियो । कुल मिलाएर एक सयभन्दा बढी श्रेष्ठ चिनियाँ छोराछोरीहरु त्यहाँ चीर निद्रामा शान्तिपूर्वक सुतिरहेका थिए– उनीहरुले स्वयं आफ्नो रगतले एउटा मैत्रीपूर्ण छिमेकी देशमा सर्वहारा अन्तर्राष्ट्रियतावादको स्मारक निर्मित गरेका थिए ।
दाज आनइङको समाधिपत्थरमा यी शब्दहरु लेखिएका थिए– “कमरेड माओ आनइङको चिहान ।”
त्यसको पछाडि नै यो अभिलेख अङ्क थियो– “कमरेड माओ आनइङ जो हुनान प्रान्तको स्याङथान काउन्टीको साओसान गाउँका मूल निवासी हुनुहुन्थ्यो, चिनियाँ जनताका महान् नेता कमरेड माओत्सेतुङका जेठा छोरा हुनुहुन्थ्यो । सन् १९५० मा उहाँले चिनियाँ जनस्वयंसेवक दलमा सामेल हुने दृढ सङ्कल्प गर्नुभयो र उहाँले अमेरिकी आक्रमणको प्रतिरोध तथा कोरियाको सहायता गर्नका लागि युद्धमा लड्दै वीरगति प्राप्त गर्नुभयो । कमरेड माओ आनइङको देशभक्ति र अन्तर्राष्ट्रियतावादको भावनाले भावी पिँढीलाई सदा शिक्षित र प्रेरित गरिरहनेछ । सहिद माओ आनइङको गौरव अनन्त कालसम्म कायम रहनेछ ।”
कोरियाका सबै जनतालाई थाहा छ– अध्यक्ष माओत्सेतुङका जेठा छोरा माओ आनइङले आफ्नो राष्ट्रिय मुक्तिका लागि आफ्नो प्राण नै आहुति गर्नुभएको थियो । उनीहरु वर्षमा दुईपटक सहिदहरुलाई श्रद्धाञ्जलि अर्पण गर्दछन् ।
कारियाली जनताद्वारा दाजु आनइङ र अन्य सहिदहरुको चिहानलाई सावधानीपूर्वक हेरचाह गरिँदैछ भन्ने कुरा देखेर उनीहरुका निकटतम सम्बन्धीहरुलाई अन्यन्त सन्तोष मिल्यो ।
सुङलिङल र साओ ह्वाले समाधिक्षेत्रमा केही फोटाहरु खिचे, त्यसपछि उनीहरु चीन फर्किए । र, उनीहरुले आफ्नो यात्राको वृत्तान्त बुबालाई सुनाए ।
दाजु आनइङको मृत्युपछि बुबा अक्सर गरेर उहाँको बारेमा चर्चा गर्नुहुन्थ्यो । उहाँको भनाइ थियो– “आनइङ त्यस्तो नवयुवक हुनुहुन्थ्यो, जो समस्याहरुको स्वतन्त्र रुपले विश्लेषण गर्न सक्नुहुन्थ्यो तथा उहाँको आफ्नै धारणाहरु थिए ।” बुबाले धेरैपटक हामीलाई भन्नुभयो– “हामीले आनइङबाट सिक्नुपर्दछ र उहाँलाई याद गर्नुपर्दछ ।” हाम्रो बुबाका यी स्नेहपूर्ण शब्दहरु हामीलाई अहिले पनि राम्ररी याद छ ।
बुबा हरेक त्यस्ता व्यक्तिहरुको स्मृतिलाई आफ्नो हृदयमा सजाएर राख्नुहुन्थ्यो, जसले क्रान्तिका लागि आफ्नो प्राण उत्सर्ग गरेका थिए ।
(सन् १९८३ मा लिखित)
साभार : मूल्याङ्कन (पूर्णाङ्क २५, माघ, २०५१)
Title Photo: https://www.chinadailyasia.com