शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा डा थापा नियुक्त

बिहीबार, १० पुस २०७६, २१ : १४
बिहीबार, १० पुस २०७६

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षाध्यक्षमा प्रतिष्ठानका डा निरेश थापा नियुक्त भएका छन् । प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रिस्तरीय निर्णयबाट आज डा.थापालाई शिक्षाध्यक्षमा नियुक्त गरेका हुन् । प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले गत मङ्सिर ३० गते शिक्षाध्यक्ष नियुक्तिका लागि डा थापा, डा. भरतमणि पोखरेल र डा बद्री बडूलाई सहकुलपतिसमक्ष सिफारिस गररेका थिए ।

निवर्तमान शिक्षाध्यक्ष डा धर्मराज श्रेष्ठको कार्यावधि गत जेठ २५ गते सकिएपछि सात महिनादेखि प्रतिष्ठान शिक्षाध्यक्षविहीन थियो । सहकुलपति ढकालले डा थापालाई चारवर्षीय कार्यकालसहितको शिक्षाध्यक्षको जिम्मेवारी प्रदान गरेको प्रतिष्ठानका उपकुलपति प्रा डा र वाग्लेले जानकारी दिए ।  

कुरा गर्दै उपकुलपति प्रा डा वाग्लेले एक साताअघि प्रतिष्ठानको कार्यपरिषद्ले अस्पताल निर्देशकमा प्रतिष्ठानमा कार्यरत हाडजोर्नी विशेषज्ञ डा मङ्गल रावललाई जिम्मेवारी दिइएको बताए ।

 “यतिबेला प्रतिष्ठानमै कार्यरत ऊर्जाशील जनशक्तिलाई जिम्मेवारी दिइएको छ,” उहाँले भन्नुभयो, “आशा गरौँ, अब प्रतिष्ठानको शैक्षिक, प्राज्ञिक तथा प्रशासनिक गतिविधि सञ्चालनमा सहजता आउनेछ ।” 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप