उपराष्ट्रपति पुनलाई पर्यटनमन्त्री भट्टराईको निमन्त्रणा
बिहीबार, १० पुस २०७६, १९ : ३०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उपराष्ट्रपति नन्दबहादुर पुनलाई नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागिताका लागि निमन्त्रणा दिएका छन् ।
पर्यटनमन्त्री भट्टराईले आज उपराष्ट्रपति कार्यालयमा पुगेर भ्रमण वर्षको निमन्त्रणा दिनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए । पर्यटनमन्त्रीका साथ मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, भ्रमण वर्ष सचिवालयका सदस्यसचिव बच्छुनारायण श्रेष्ठलगायत उपराष्ट्रपति कार्यालयमा पुगेका थिए ।
भ्रमण वर्षको उद्घाटन सन् २०२० जनवरी १ तारिखका दिन (पुस १६ गते) दशरथ रङ्गशालामा भव्य समारोहका बीच हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने छिन् भने सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला